रौतहट, १५ जेठ । जेठ १५ गते अर्थात निरंकुशलाई फालेर जनतन्त्र स्थापित भएका दिन अर्थात आज रौतहट सहित मुलुकभरी नै गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाइदै छन् ।
यही अवसरमा संघिय राजधानीको टुडिखेलमा आयोजत विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्र बीचको तुलना हुनै नसक्ने बताए। निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय समेत नभएको उनले भनेको हो ।
“राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने धेरै कुरा हुनसक्छन्,” प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस २०८२ को विशेष समारोहलाई सम्बोधन गर्दै भने, “गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ ।”
मुकुटको आडमा जनतामाथि शासन गरिनु सेवा नभएको भन्दै उनले राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको बताए ।
“इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भए । जनतासँग भएका सम्झौताहरुलाई पटकपटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए,” उनले भने, “जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ ।”
तर, स्वतन्त्रताको अभ्यासमा हुर्केका आजको समाजले जनताको मतभन्दा शाही इसारा ठूलो हो भन्ने सोच्न पनि नसक्ने उनले बताए ।
“सहिदको बलिदान र लाखौ नेपालीको सपनाभन्दा अढाइ सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुनै सक्दैन,” उनले भने, “स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन