रौतहट, १८ जेठ । अछाम जिल्लाको साँफेबगर नगरपालिका स्थित महेन्द्र माध्यमिक विद्यालयको भारत सरकारको आर्थिक सहयोगमा नवनिर्मित भवनको उदघाटन गरिएका छन् ।
शनिवार आयोजित विशेष कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा उक्त माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएका हुन् ।
“नेपाल भारत विकास सहकार्य” अन्तर्गत भारत सरकारको ३.२४ करोड रुपैयाको आर्थिक सहयोगमा महेन्द्र माध्यमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, साँफेवगर नगरपाकिलाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उदघाटन गर्दै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जनाएको हो ।
विद्यालय हस्तान्तरण कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी निकायका कर्मचारीहरु, समाजसेवीहरु, शिक्षकरशिक्षिका, विद्यार्थीहरु तथा स्थानीय अभिभावकहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
“नेपाल भारत विकास सहकार्य” अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा र छात्रछात्राका लागि शौचालय सहितको विद्यालय भवनको निर्माण गरिएको छ ।
अनुदान सहयोगमा फर्निचर र कम्प्युटरको खरिदमा पनि उपयोग गरिएको छ । त्यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, अछाम मार्फत कार्यान्वयन गरिएको थियो ।
सन् १९६० मा माध्यमिक विद्यालयका रूपमा स्थापित महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षा सम्म अध्यापन हुने त्यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जसमा ६५.५ प्रतिशत छात्राहरू रहेकी छिन् ।
जिल समन्वय समिति, अछाम, साँफेबगर नगरपालिका, अछाम, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ पूर्वाधारले अछाम स्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन