जनकपुरधाम, १८ जेठ । आर्थिक बर्ष २०८२–२०८३ को संघिय सरकारबाट प्रस्तुत भएको बजेटमा कमला पुललाई उपेक्षा गरेर बजेट नराखेपछि प्रदेश सरकारले अभिभाकत्व लिदै पुल निर्माण प्रदेशबाट गरने घोषणा गरिएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंह संग नयाँ कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रविन मोरबैंता र सिरहा नगरपालिका ६ का अध्यक्ष इन्द्रजीत यादवले भेट गरेर पुलको आवश्यक्ता वारे ध्यानाकर्षण गराएको हो ।
मुख्यमन्त्री संग भएका भेटघाटका क्रममा उनीहरूले संघीय सरकारबाट कमला पुल निर्माण तर्फ उपेक्षा गर्दा यस भेगका बासिन्दाहरु निकै निराश भएको अवग गराउदै अब प्रदेश सरकार नै अग्रसरता लिनुपर्ने माग गरेपछि उनले सहमती जनाएको बताइएको छ ।
मुख्यमन्त्री सिंहले संघीय बजेटको ‘रातो किताब’ अध्ययनपछि प्रदेश सरकारले आवश्यक कदम चालिने बताए । ‘संघीय बजेटमा यो योजना परेको देखिदैन भने हामी आफैले प्रदेशबाट बजेट छुट्याएर निर्माणको जिम्मा लिन्छौं,’ मुख्यमन्त्री सिंहले भने, ‘तपाईंहरू ढुक्क हुनुस, यो पुल बनाउने जिम्मा अब प्रदेश सरकारको हो ।’
कमला नदीमा पक्की पुलको माग स्थानीयवासीहरूले दशकौ देखि गर्दै आइरहेका छन् । तर, अझै पनि अस्थायी काठे पुलको भर पर्नुपर्ने व्यथा छ । यसका कारण वर्षायाममा यातायात र जनजीवनमा गम्भीर असर पार्ने गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन