पर्यटन विकास कार्यालय गौरमा, काफ्ले बस्छन् समानान्तर कार्यालयमा

0 Shares
रौतहट, १९ जेठ । रौतहट र सर्लाही जिल्ला हेर्ने पर्यटन विकास कार्यालय यतिखेर सुनसान भई कार्यालय प्रमुख विहिन रहेको पाइएका छन् ।
रौतहट सदरमुकाम गौरको विपी चोक नजिकै रहेका पर्यटन विकास कार्यालयबाट प्रवाह हुने विकास निर्माणको चटारो लागेको समयमा कार्यालय प्रमुख सामानन्तर कार्यालय खोली गौरबाट सम्पर्क विहिन हुँदा कार्याय सुनसान रहेका हुन् ।
पर्यटकिय स्थलहरुको निर्माण देखि लिएर पोखरी सौन्दर्यीकरण लगायतका काम गराउन झण्डै ५७ करोडको रकमबाट विकास निर्माण गर्नका निमित्त गौरमा कात्र्तिक महिनामा पर्यटन विकास कार्यालयको स्थापना भएका थिए ।
दुबै जिल्लालाई हेर्ने गरी कार्यालय त गौरमा स्थापना भयो तर उक्त कार्यालयबाट विकास निर्माणका लागि दिइने कार्यादेश वा टेण्डर निकाल्ने कार्यहरु सबैमा हाकीमको मनलाग्दी कार्यका कारण पर्यटन विकास कार्यालय हाकीककै झोलामा थन्कीएको आरोप स्थानीयले लगाए ।
कार्यालय स्थापना समयका प्रमुख संजयकुमार मिश्र झोलामै कार्यालय संचालन गरी होटलमै बसेर कार्यदेश दिदै गरेको हुँदा उनलाई यहाँबाट अन्तयन्त्र पठाएर राजेश काफ्लेलाई प्रमुखको जिम्मेवारी दिएपनि उनीपनि मिश्रकै बाटोमा लम्किएको पनि तत्कालिन प्रमुख संजयकुमार मिश्रकै बाटोमा लागिपरे पनि तै चुप मै चुप मा लागेको छ ।
पर्यटन विकास कार्यालय गौरको विपी चोकमा रहेपनि समानान्तर कार्यालय चलाएर प्रमुख काफ्ले गौरबाट प्रायः सम्पर्क विहिन रहने गरेको यतिखेर आरोप लागेको छ । गौर स्थित कार्यालयमा दुई तिन जना कुरुवाको रुपमा रहेको देखिन्छ, कोही मोवाइलमै मस्त छन् त कोही प्रमुखको कोठामा सोफामै सुतेका पाइयो । उक्त कार्यालयमा आउने आगन्तुकहरुलाई हाकीम साहेव, इन्जिनियर साहेव सबै फिल्डमा वा बाहिर रहनु भएको मात्रै जानकारी गराउने कार्यालयमा सिमित रहेको छ ।
प्रमुख काफ्लेको मनलाग्दी ढंगबाट वितरण भएका योजना एवं कोठे उपभोक्ता समिति माथि अहिले गम्भीर प्रश्न चिन्ह खडा भएका छन् । सबै राजनीतिक दलहरु योजनाहरु भागबण्डामा कार्यादेशहरु लिएको हुँदा कोही अहिले बोल्ने अवस्था रहेको छैन् । कुनै राजनीतिक दलले विरोध जनाएको पनि छैन । सबै भागबण्डा मै मस्त रहेको हुँदा सरकारी रकमको यतिखेर पर्यटन विकास कार्यालयबाट चरम दुरुपयोग भईरहेको बताइएको छ ।
कार्यालयबाट सम्पर्क विहिन रहेका प्रमुख राजेश काफ्लेको मोवाइल नम्वर ९८५११०१६६६ मा फोन लगाउदा ब्यस्त मोडमा रहेको हुँदा कुरा हुन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।