चन्द्रपुरको मंगलपुरमा मालबाहक ट्रक र विद्युतीय गाडी जुधेर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

0 Shares
रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको मंगलपुर स्थित राजमार्गमा मालबाहक ट्रक र विद्युतीय इभी गाडी एक आपसमा जुधेर दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका–१ मंगलपुर स्थित पूर्व पश्चिम राजमार्गमा सर्लाहीको बरहथवाबाट चन्द्रपुर तर्फ आउदै गरेका बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी जुधेर दुर्घटना हुँदा सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी र सोही ठाँउ बस्ने ३० बर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएका हुन् ।
महिलाको छाति र दाहिने हातमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको तथा गम्भीर घाइते धिरेन्द्र ठाकुरको चन्द्रनिगाहपुर स्थित निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परेर १८ वर्षीय रानिकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । दुवै खतरामुक्त रहेको तथा चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले बताए  ।
मालवाहक ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडीका चालक सर्लाही रामनगर– ३ का आकाश सिंहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।
घटनाबारे चालकलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै डिएसपी राईले दुवै सवारीमा कस्को गल्ती र कसरी भयो भन्ने अनुसन्धान हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।