नेपालले नेदरल्याण्डसलाई ५ विकेटबाट हराउदै लगातार दोश्रो जित निकाले

0 Shares
रौतहट, २२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्याण्डसलाई ५ विकेटबाट हराउदै लगातार दोश्रो जित निकालेका छन् ।
आरिफ शेखको ७८ रनको उत्कृष्ट एवं सम्हालिएका पारी खेलेका कारण नेपाल नेदरल्याण्डसलाई ५ विकेटबाट हराउन सफल भएका हुन् ।
नेदरल्याण्डसले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा विजय लक्ष्य भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ७८ रन बनाए । उनको करियरकै उच्च स्कोर हो । स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रनगति बढाएका थिए ।
अलराउण्डर दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे ।
६८ रनमा ३ विकेट खेसको अवस्थाबाट रोहितसँग मिलेर ५५ रनको साझेदारी गरेका आरिफले रोहित रनआउट भएपछि १२३ रनमा ४ विकेट गुमेका दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्याएर आउट भएका थिए ।
नेदरल्याण्डसका माइकल लेभिटले २ विकेट तथा भिभियन किङमा र पल भान मिकेरनले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो । मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वाड्र्सले ४६ रन बनाए । विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए ।
सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवाड्र्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।
त्यसपछि १६६ रनमा ७ को अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे ।
नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए ।
नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । अब नेपालले जुन ८ मा स्कटल्याण्ड सँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।