सुकुम्बासी बस्तीमा खानेपानीका लागि आजपाले बनायो संघर्ष समिति

0 Shares

काठमाडौं, २४ जेठ । आम जनता पार्टी (आजपा) ले काठमाडौंमा रहेका सुकम्बासी बस्तीमा बसोबास गर्नेहरु नागरिक समक्ष स्वच्छ खानेपानी पुर्याउनका लागि संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारीहरुको बैठकमा सुकुम्बासी बस्तीमा स्वच्छ खानेपानी पुर्याउनका लागि संघर्ष सहित आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेका हुन् ।
बैठकमा संघका पदाधिकारी एवं अगुवा नेताहरुले बर्षौ देखी सरकारले खानेपानी उपलब्ध नगराउँदा समस्या भएको र त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउनुपर्ने बताए ।
बैठकका प्रमुख अतिथि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले २१ औँ शताब्दीमा समेत सुकुम्बासी बस्तीमा स्वच्छ एवं शुद्ध खानेपानी नहुनु र सरकारले रोक्नु भनेको मानविय अपराध भएको बताए । सुकुम्बासी बस्तीमा रहेका नागरिकसंग सरकारले कर लिने, मत लिने तर शुद्ध खानेपानी नदिने बिषय आफूलाई स्वीकार्य नभएको उनले बताए ।
‘सुकुम्बासी बस्तीमा जसरी पनि शुद्ध खानेपानी सरकारले पुर्याउनुपर्छ । यदी सरकारले शुद्ध खानेपानी नदिए हामीले जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘२१औँ शताब्दीमा कुनै पनि नागरिकलाई खानेपानीबाट रोक्नु भनेको मावता विरोध अपराध हो । हामी आन्दोलनका लागि तयारी अवस्थामा रहनुपर्छ ।’
बैठकले सुकुम्बासी बस्तीमा खानेपानीको माग सहित खानेपानी संस्थानमा २६ जेठमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । एक हप्तामा माग सम्बोधन नभए २ असारमा गाग्री थापेर पानी माग्ने, ३ असार देखी गाग्री थापेर पानी माग्दै प्रदर्शन गर्ने गर्ने, पानी उपलब्ध नगराए तालाबन्दी, खानेपानी वितरण अवरुद्ध गर्ने लगायतका कार्यक्रम रहेको छ ।
बैठकले ‘खानेपानीका लागि संघर्ष समिति, सुकुम्बासी बस्ती, काठमाडौं’ समेत गठन गरेको छ । सुकुम्बासी बस्तीमा खानेपानीका लागि गठन भएको संघर्ष समितिको इन्चार्जमा आजपा सहअध्यक्ष तिलक थापामगर, सहअध्यक्षमा देवी पण्डित, संयोजकमा कालबहादुर विक, सहसंयोजकमा उपेन्द्र साह प्रवक्तामा रञ्जुकुमारी साह र सदस्यहरुमा उपत्यका कमिटीका सदस्य एवं संघका सदस्यहरु रहेका छन् ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।