भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा हेटौंडामा योग कार्यक्रमको आयोजना

0 Shares
हेटौडा, ३ असार । ११ औं अन्तरराष्ट्रिय योग दिवसलाई साताव्यापी मनाउने क्रममा मंगलवार विहान मकवानपुरको हेटौडामा योगाभ्यास कार्यक्रमको भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा आयोजना गरियो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जारी प्रेस वत्तव्यमा रोयल पार्टी प्यालेस हेटौडामा आयोजित योग कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिको रुपमा उपस्थिति रहेका थिए ।
योगाभ्यास कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै वागमती प्रदेशका मुख्यमन्त्री लामाले हरेक मानिसलाई शारीरिक र मानसिक रुपमा चुस्तदुरुस्त राख्नका लागि दैनिक जीवनमा योग अनिवार्य रहेको चर्चा गर्दै योगबाट मानिसहरुलाई दिनचर्या निर्वाह गर्नमा पनि सकारात्मक हुने बताए ।
सो कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सुल जनरल देवी सहाय मिणाले मानव जातिको स्वास्थ्य र समग्र कल्याणमा योग एकदमै महत्वपूर्ण रहेको प्रकाश पार्दै यसबाट विभिन्न रोगव्याधीहरुलाई निर्मूल पार्नमा सहायक भूमिका निर्वाह गर्ने बताए ।
उक्त योग कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघ, नेपाल भारत मैत्री संघ, डाईनामिक पब्लिक लाईब्रेरी हेटौडा र पतञ्जली योग समिति मकवानपुरको सहयोगमा आयोजना गरिएका थिए । योग कार्यक्रममा महावाणिज्य दूतावासका कर्मचारीहरु, स्थानीय बासिन्दाहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, गरेर दुई सय जनाको उपस्थिति रहेको महावाणिज्य दूतावास वीरगञ्जद्वारा जारी भएको प्रेस वत्तव्यमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।