रौतहट, ३ असार । रौतहटको कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०८२ र २०८३ को लागि नीति कार्यक्रम तथा आर्थीक प्रस्ताव पेश गरेर खुला सत्र सम्पन्न गरेको छ ।
कटहरिया नगर कार्यपालिकाको कार्यालय परिसरमा मंगलवार आयोजित ११ औं अधिवेशनमा नगरप्रमुख अजयप्रकाश जयसवालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरभित्र रहेका नागरिकमा हुने संक्रामक लगायत सबै प्रकारको रोग तथा वीपदबाट नागरिकको जीवन रक्षा गर्ने, उपलब्ध साधन श्रोतबाट क्षमताको उच्चतम परिचालन गरी शिघ्र आर्थीक तथा सामाजिक विकासको गतिलाई बढावा दिइने ।
कृषि व्यवसाय, पशुपालन, मत्स्य पालन क्षेत्रको विस्तार, उत्पादकत्व वृद्धि गर्ने, योजनाहरुको संचालन तथा कार्यान्वयनमा दक्ष प्रविधिको प्रयोगमा बढावा दिई तोकिएको समय सिमा भित्र योजनाहरु सम्पन्न गराउने, लक्ष्ति वर्गको सशक्तिकरणका कार्यक्रम संचालन गर्ने, सबैलाई स्वच्छ खानेपनी पुर्याउने अवधारणा अनुरुप सवै वडा टोल बस्तीमा खानेपानीको उपलब्धतालाई सहजा बनाउने, सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण, पुर्बाधार तथा सहरी बिकास सम्बन्धि नीति, सिचाई, बिपद ब्यबस्थापन, बाताबरण सम्बन्धि नीति, कर्मचारी प्रशासन तथा जनशक्ति ब्यबस्थापन सम्बन्धि ननीति, राजश्व परिचान, बितिय ब्यबस्थापनको प्रभाबकारी कार्य गर्नुको साथै नागरिक सुनवाई गर्ने जस्ता कार्यक्रम आर्थीक बर्ष ०८२ र ०८३ मा गरिने नगरप्रमुख जयसवालले बताए ।
आर्थीक बर्ष ०८२ र ८३ को लागि नगरपालिकाले ५४ करोड, २५ लाख, ५२ हजार ४ सय ७५ रुपैयाको अनुमानित बजेट प्रक्षेपण गरेको जनाइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन