माधवनारायण नगरपालिकाले ल्यायो ५३ करोड बजेट

0 Shares
ओम प्रकाश यादव
रौतहट, ६ असार । रौतहटको माधवनारायण नगरपालिकाले १० नगरअधिवेशन भव्यताका साथ सम्पन्न भएका छन् ।
आगामी आर्थिक वर्ष २०८२ र २०८३ का लागि ५३ करोड ३५ लाख भन्दा बढी बजेट सार्वजनिक गरेका हुन् ।
माधवनारायण नगरपालिकाले १० औं नगरसभा द्वारा नगरको समग्र विकासका लागि ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बजेट नगरप्रमुख बैजनाथ प्रसाद यादवले प्रस्तुत गरे । नगरसभामा माधवनारायण नगर प्रमुख यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षमा नगरको समग्र विकासका लागि अनुमानित ५३ करोड भन्दा बढी आय व्यय सहितको बजेट प्रस्तुत गरेको नगर प्रमुख यादवले बताए ।
राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।
नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै माधव नारायणको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताइएको छ ।
सम्पन्न नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, प्रहरी लगाउतको सहभागितामा भव्य रुपमा नगर अधिवेशन सम्पन्न भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।