रौतहट, ७ असार । आज २१ जुन अर्थात ११ औं अन्तरराष्ट्रिय योग दिवसको सुखद अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा शनिवार विहान शंकराचार्य गेटमा भव्य रुपमा योग कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा शंकराचार्य गेटमा आयोजित योग कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिबाट कार्यक्रम झन् भव्य बनेका थिए ।
११ औं अन्तरराष्ट्रिय योग दिवसलाई साताव्यापी रुपमा मनाउदै आएका भारतीय महावाणिज्य दूतावासलले आज वीरगञ्जको शंकराचार्य गेटमा भव्य योग अभ्यास कार्यक्रमको आयोजना गर्दा अत्याधिक संख्यामा सहभागी जनाएको थियो ।
नेपालको आर्थिक नगरीको रुपमा प्रख्यात रहेका वीरगञ्ज स्थित नेपाल भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने शंकराचार्य गेटमा योग कार्यक्रम आयोजना गरेर साता व्यापी चल्दै आएको योग कार्यक्रम औपचारिक रुपमा समापन गरियो ।
मुख्यमन्त्री सिंहले योग सबै रोगको अचुक औषधी रहेको हुँदा हरेक मानिसलाई निरोग बन्न योग अपरिहार्य रहेको बताए । योगको नियमित अभ्यासबाट स्वास्थ्यमा हुने प्रतिकुल असरलाई सुरक्षाकवचको रुपमा काम गर्ने भएको हुँदा योगलाई जीवनको दैनिक दिनचर्या जस्तो बनाउन उनले आग्रह गरे ।
साता व्यापी रुपमा योगका कार्यक्रम आयोजना गरेर स्वस्थ रहन सन्देश प्रवाह गरेर जनचेतना जगाउने कार्यमा महत्वपूर्ण भुमिका खेल्नमा मद्दत पुर्याउने भारतीय महावाणिज्य दूतावासका महाबाणिज्यदूत सहितका पदाधिकारीहरु प्रति आभार प्रकट गरे ।
भारतीय महावाणिज्यदूत (काउन्सलर जनरल) देवी सहाय मिनाले कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई स्वागत गर्दै योगको महात्व र उपयोगीताबारे प्रकाश पारे । सन् २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा नेपाल सहित १७७ देशहरूले सहप्रस्तावको रूपमा समर्थन गरेपछि अन्तरराष्ट्रिय योग दिवस सुरु भएको जानकारी दिए । शरीर, मन र आत्माको समग्र स्वास्थ्यका लागि योग अत्यन्त आवश्यक भएको उल्लेख गर्दै “यो वर्षको योग दिवसको विषयवस्तु ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ ले मानवजातिको मात्र होइन, सम्पूर्ण पृथ्वीको हितका लागि योगले महत्वपूर्ण भूमिका खेलेका छन् ।”
सो कार्यक्रममा प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरिक्षक गौतम मिश्र सहितका सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, नेपाल भारत मैत्री संघका प्रमुख, पतञ्जली योग समितिका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि सहित उल्लेख्य संख्यामा स्थानीयहरुको उपस्थिति रहेको महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
भारतीय महावाणिज्य दुतावासका राजनीतिक कन्सुल संजयकुमारले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा सबै प्रशिक्षित योग गरुहरुको नेतृत्वमा समुहिक रुपमा योग अभ्यास गरिएका थिए । भारतीय महावाणिज्य दूतावास, बीरगञ्जले आयोजना गरेको योग कार्यक्रमले भारत–नेपाल सम्बन्धलाई अझ प्रगाढ भएको बताइएको छ ।
साथै भारतीय महावाणिज्य दुतवासले योग कार्यक्रमलाई मधेस प्रदेशमा गर्दै आएको अभियानले योगको विश्वव्यापी महत्वलाई पनि पुनः एकपटक जनसमक्ष उजागर गरेको छ । “वसुधैव कुटुम्बकम” भन्ने दर्शनको सार बोकेको यो अभियानले नेपाली समाजमा पनि योग प्रतिको चेतना लाई जागृत गराउनमा महावाणिज्य दूतावासको महत्वपूर्ण भुमिका रहेको सहभागीहरुले बताए ।