रौतहट, ८ असार । शीर्ष नताको चार वटा जिल्लामा मात्रै बजेट केन्द्रीत रहेर सदनमा पेश भएको स्वतन्त्र साँसद डा. अमरेशकुमार सिंहको अभिव्यक्ति प्रति एमालेले प्रतिवाद गर्दा केही वेर सदनमा चर्काचर्की भए ।
बजेट माथिको छलफलमा बोल्दै सर्लाहीबाट निर्वाचित स्वतन्त्र साँसद सिंहले शीर्ष नेताको चार जिल्लाको लागि मात्रै केन्द्रीत रहेको तथा बाँकी जिल्ला नेपाल नै नरहेको जस्ता व्यवहा सरकारले देखाएको प्रश्न उठाएपछि एमालेले प्रतिवाद गरे ।
सांसद अमरेशको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रतिवाद गरे । त्यसपति संसद्मा आरोप प्रत्यारोप चल्यो ।
बजेटमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका सांसद सिंहले सुरुमै आफूलाई सत्तापक्षकै एक जना सांसदले बजेटमा सधैं किन बोलेको भनेर प्रश्न गरेको स्मरण गरे । आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत बजेटप्रति प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु खुसी रहेको उनले बताए । आ–आफ्नो निर्वाचन क्षेत्रमा अधिकतम बजेट हाल्न सकेकोमा उनीहरु खुसी भएको उनको टिप्पणी गरेका थिए ।
‘बजेटमा जसले मन्त्री बनाएको छ त्यो नेता खुसी छ कि छैन ? सत्तापक्षको प्रमुख घटकको सभापति खुसी छ कि छैन ? उहाँको जिल्लामा बजेट गएको छ । बाँकी सांसद किन बोल्नुहुन्छ ?’ भनेर आफूलाई सत्तापक्षकै सांसदले भनेको र यस्तो भन्ने यही सदनमा रहेको स्वतन्त्र सांसद सिंहले बताए ।
त्यसपछि उनले सरकारले अनियमित तरिकाले बजेट विनियोजन गरेको भनेर गम्भीर आरोप लगाए । ‘चार–पाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्लालाई लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ती जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?’ सांसद सिंहले भने ।
काठमाडौंका ३ करोडका दरले १३१ वटा योजना रहेको उनले बताए । तर, आफ्नो जिल्लामा ३०÷३५ वटा योजना समेत नरहेको बताए । आफूले काठमाडौंमा जति पाएको हो त्यति नै भाग चाहिन्छ भनेर नखोजेको तर, बजेट विनियोजन आवश्यकताका आधारमा हुन नसकेको बताए ।
बजेटलाई निजी सम्पति झैँ ठानेर वितरण गर्ने कार्य भएको भनेर सिंहले सरकार माथि प्रश्न उठाए । कैलालीमा गेटा मेडिकल कलेज बनाउने भनेर आउँदा सबैले ताली बजाएको भन्दै उनले मधेशमा एउटा पनि मेडिकल कलेज किन नखोल्ने ? भनेर प्रश्न गरे ।
सांसद अमरेश बोलिरहँदा नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गरे । सांसद सिंहले आपत्तिजनक विषय राखेको भनेर सभामुखको ध्यानाकर्षण गरे । विनियोजन शीर्षकमा छलफल गर्दा नेपालको भूमिलाई अर्को देशलाई दिने भनेको र यो राष्ट्रघाती अभिव्यक्ति भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सांसद सिंहले आफूले गाभ्ने नभनेर बजेट नपरेका जिल्लालाई लिजमा दिने भनेर व्यङ्ग्य गरेको प्रष्टीकरण दिन खोजे । एमालेका मुख्य सचेतक बर्तौलाले सांसद सिंहको अभिव्यक्ति आपत्तिजनक रहेको दोहोर्याउँदै संसदको रेकर्डबाट हटाउन माग गरे । सांसद सिंहले मुलुकको सार्वभौमिकताको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धमा बोलेको बर्तौलाले बताए । सांसद सिंहमाथि कारबाही नै हुनुपर्ने माग उनले राखे ।
सभामुख घिमिरेले सांसद सिंहले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति संसदीय रकर्डबाट हटाउन निर्देशन दिए । त्यसपछि बाँकी विषय राख्न सांसद सिंहलाई आग्रह गरे । तर, सांसद सिंहले आफूलाई हतारमा निर्देशन दिएको भनेर असन्तुष्टि जनाए ।
एमालेले जे भन्छ त्यही निर्देशन हुन्छ भने एमालेको सभामुख हुने बताए । पाँच जिल्लालाई बजेट दिने बाँकीलाई बजेट नदिने विषय उचित नरहेको बताउँदै उनले भने, ‘चार÷पाँच जिल्लामा बजेट दिने बाँकीमा किन नदिने ?’
संसदमा बोल्न पाउनुपर्ने र बजेटमा समानता हुनुपर्ने माग उनले राखे । सभामुख घिमिरेले निर्धारित समयमा नबोल्ने भए रोष्ट्रम छोडेर जान सक्ने बताए ।
त्यसपछि सांसद सिंह बजेटको मन्त्रालयगत शीर्षक माथिकै छलफलमा केन्द्रित भए र अभिव्यक्ति सकाएको राजधानीबाट प्रकाशित अनलाइनहरुमा समाचारलाई प्रमुखताका साथ स्थान दिएका छन् ।