रौतहट, ११ असार । ठूलो परिमाणमा लागु औषध सहित एक जना युवकलाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त सूचना अनुसार, गौर नगरपालिका–३ स्थित विपी चोक भएर बसपार्क तर्फ गइरहेका ना. १ ह. ७८९३ नम्वरको इ रिक्सालाई रोकेर चेकजाँच गर्दा चन्द्रपुर नगरपालिका–४ का हर्क बहादुर विकको २७ बर्षीय छोरा अजय विकलाई ठूलो परिमाणमा लागुऔषध सहित रौतहट प्रहरीले पक्राउ गरेका हुन् ।
विशेष सूचनाको आधारमा विपी चोकमा थापिएका चेकजाँचको क्रममा भारतको बैरगनियाबाट यात्रुहरुलाई लिएर गौरको वसपार्क तर्फ जाँदै गरेको उक्त इ रिक्सालाई रोकेर चेकजाँच गर्दा सेतो रंगको प्लाष्टिक भित्र हाँरलिक्स लेखिएको निलो रंगको कुटको डिब्बा भित्र लुकाइएको लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए ।
उक्त हाँरलिक्सको डिब्बा भित्र फेनेरेगन इन्जेक्सन ११० एम्पुल, बुपरेर्नोफिन इन्जेक्सन ११० एम्पुल, सेरेजैक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल, डाइजेपाम इन्जेक्सन ४६ एम्पुल गरेर ३३० थान प्रतिबन्धित इन्जेक्सन विकको साथबाट बरामद भएको डिएसपी रायले बताए ।
प्रहरीले लागुऔषध सहित पक्राउ गरेका युवक विकलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गराएर हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी रायले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन