बारा, १३ असार । जितपुर सिमरा उपमहानगरपालिका–७ बाट बारा प्रहरीले विलविजक शंकाष्पद लाग्दा लाखौं मूल्य बराबरको मालसामान लोड भएको एक ट्रकलाई विहिवार साँझ नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज–पथलैया सडक खण्डमा पर्ने जितपर सिमरा उपमहानगरपालिका–७ स्थित सडकमा प्रहरीले मधेश प्रदेश ०३–००२ ख १४४० नम्वरको मालबाहक कन्टेनर ट्रकलार्य हिजो साँझ चेकजाँच गर्दा विलविजक भन्दा बढि सामानहरु फेला पर्दा राजस्व छलीको हुन सक्ने आशंकामा उक्त कन्टेनरलाई वारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीका अनुसार फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामानहरु रहेका उक्त सामानको अनुमानित बजार मूल्य करिव ४३ लाख ३४ हजार ८१० रहेको छ ।
सामान तथा कन्टेनर ट्रक दुवैलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बारा प्रहरीले बुझाएको जारी सूचनामा जनाइएको छ ।
स्मरणीय रहोस की, पर्सा जिल्लाको विभिन्न सिमानाकाहरुबाट तस्करीको माध्यमबाट भित्रिने राजस्व छलीका सामानहरु विभिन्न ट्रान्सपोर्टका माध्यमबाट मुलुकको विभिन्न स्थानहरुमा पुर्याउने क्रममा उक्त ट्रक निस्किएपनि सुरक्षा चेकजाँच गर्नेहरु संग सेटिंग नमिलेकै कारण नियन्त्रणमा लिएको श्रोतको दाबी छ ।
पर्सा जिल्लाको दर्जनौं नाकाहरु भएर नेपाल प्रवेश गरिने राजस्व छलीको सामानहरुलाई वीरगञ्ज सहित विभिन्न स्थानहरुमा भण्डारण गरेर ट्रान्सपोर्टका माध्यमबाट पोखरा, काठमाडौं, सुनसरी, लगायतका स्थानहरुमा सजिलै संग पुर्याउने गरिएको छ ।
यदाकदा बारा त कहिले रौतहट वा सर्लाहीमा त्यस्ता कन्टेनरहरु समातिने गरेको छ । समातिएका उक्त मालबाहक कन्टेनरहरु राजस्व अनुसन्धान कार्यालय पथलैयामा आवश्यक कारवाहीका लागि बुझिाइन्छ तर त्यहाँबाट बैद्य भएर उक्त सामानहरु छुटेर पुनः गन्तव्य सम्म पुग्ने गरिन्छ । यी कार्य सबै सेटिंगमै भईरहेको हुँदा अहिले मालसामानहरु समातिन सामान्य भइसकेको श्रोत बताउँछन् ।
राजमार्गमा जाने तस्करीका सामानहरु विभिन्न युनिटहरुलाई मिलाएर जाने गरेको पाइन्छ । सेटिंग नभएका ट्रकहरु मात्रै समातिने गरिन्छ ति श्रोतले बतायो ।