नेपाल प्रहरी स्कुल विर्ताको दुई जना छात्राले ल्याए ४ जिपिए, रौतहटमा ७१.२० प्रतिशत परिक्षार्थीहरु उतिर्ण

0 Shares
रौतहट, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रकाशित नजिता अनुसार रौतहट जिल्लाका एउटा विद्यालयबाट दुई जना छात्राले सर्वोत्कृष्ठ अर्थात ४ जिपिए ल्याएर उतीर्ण भएकी छिन् ।
शुक्रवार अबेर साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशित भएका थिए । जसमा रौतहट जिल्लाको मध्य स्थान गरुडा नगरपालिका स्थित नेपाल प्रहरी स्कुलमा अध्ययनरत दुई जना छात्राले ४ जिपिए ल्याएर उतीर्ण भएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटबाट बुझिएका हुन् ।
नेपाल प्रहरी स्कुल जिगडिया विर्ताबाट एसईई परीक्षामा ०३५०५३३८ आर सिम्बल नम्वर भएकी मायुसी कुमारी र ०३५०५३६५ एस सिम्बल नम्वर भएकी स्मृति जयसवाल सर्वोत्कृष्ठ नम्वर ल्याएर रौतहटमा शिक्षाको गरिमालाई उच्च बनाउने काम गरेकी छिन् ।
सम्भवतः रौतहटमा एउटै विद्यालयबाट दुई जना छात्राले ४ जिपिए ल्याउने नेपाल प्रहरी स्कुल जिगडिया पहिलो भएको छ । यस भन्दा अघि गतबर्ष दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयका छात्राले ४ जिपिए ल्याएर उतिर्ण भएकी थिइन् ।
४ जिपिए तथा रौतहटबाट सहभागी भएर उतिर्ण भएका सम्पूर्ण छात्रछात्राहरुलाई अगामी दिन राम्रो एवं सुखद होस भन्ने तराई टप ले बधाई दिदै कामना गर्दछ ।
यसपाली रौतहटबाट सहभागी भएका कुल ९२७३ परिक्षार्थीहरु मध्ये ६६०२ उतिर्ण भई ७१.२० प्रतिशत रिजेल्ट आएको छ । २६७१ जना परिक्षार्थीहरु पास हुन नसकेर पुनः परीक्षा दिनुपर्ने शिक्षा समन्वय इकाई कार्यालयले जनाए ।
शिक्षा समन्वय इकाई कार्यालयका अनुसार ६११ जना ए प्लस, २३२१ ए, २७१० बी प्लस, ९३६ बी, २४ सि प्लस, २६७१ एनजी गरी ९२७३ जनाले दिएको एसईईको नतिजा यसरी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।