रौतहट उद्योग वाणिज्य संघको साधारण सभा फलामको च्यूरा चपाउनु जस्तो, बर्चस्वको लडाईमा पिल्सीदै व्यापारीहरु

0 Shares
रौतहट १४ असार । रौतहट उद्योग वाणिज्य संघको साधारण सभा अहिले फलामको च्यूरा चपाउनु जस्तो भएको छ ।
अध्यक्ष र महासचिवको बर्चस्वको लडाईका कारण सिंग रौतहटको व्यापारीहरुको साझा संस्था राजनीतिक ध्रुविकरणमा परिणत हुँदै गएका कारण एकमत हुन नकसको कारण विवाद सृजना भएको हो ।
महासचिव रवीन्द्र नाथ गोपालीद्वारा आज शनिवार आह्वान गरिएको साधारण सभामा उद्योग वाणिज्य संघको गौर स्थित कार्यालयमा सम्पन्न भएको दाबी गरिएको छ ।
अर्का तर्फ संघका अध्यक्ष पंडित प्रसाद जयसवालले शनिवार दिउसो संघकै लेटरप्याडमा प्रेस विज्ञप्ती जारी गर्दै समाजिक संजालको माध्यमबाट साधारण सभाको वारेमा गम्भीर ध्यानाकर्षण भएको छ ।
गएको असार ९ गते प्रमुख जिल्ला अधिकारीको पहलमा भएको सहमतीको अवहेलना गर्दै र सम्मानित उच्च अदालतबाट जिल्ला प्रशासन कार्यालय रौतहटको नाउँमा भएको परमादेश आदेश भएकामा हाल कुनै छलफल नगरी महासचिव रविन्द्रनाथ गोपालीले बलजफती व्यापारीहरुद्वारा लगाइएको ताल्चा तोडि गरिएको साधारण सभाको कुनै औचित्य नरहेको आम व्यापारीमा जानकारी विज्ञप्ती मार्फत गराएका छन् ।
संघका अध्यक्ष जयसवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा अध्यक्ष, प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, र कार्य समितिको बहुमत सदस्यहरुको अनुपस्थित रहेको तथा संस्था नविकरण भएको संस्थाको आय व्ययको हिसाव पनि नभएको अवस्थामा साधारण सभाको के कतिको औचित्य हुन्छ आम व्यापारीहरु सहजै बुझिरहेको छ । त्यसै हुनाले आजको साधारण सभाको समाजिक संजालमा भएको प्रशारण वारे भ्रममा नपर्न समस्त व्यापारी वर्गलाई यसै विज्ञप्ती मार्फत सुचित गराइन्छ ।
एका तर्फ अध्यक्ष जयसवालको यसप्रकारको प्रेस वक्तव्य आउँछ अर्को तर्फ महासचिव रबिन्द्रनाथ गोपालीले साधारण सभा गर्नुको कति औचित्व भएको वारे सम्बध निकायले विश्लेशन गर्नु जरुरी देखिन्छ । आखिरकार व्यापारीहरुको स्वच्छ संस्थामा राजनीतिक घुसपैठ तथा अध्यक्ष बन्ने महात्वाकाँक्षीका कारण रौतहटको उद्योग वाणिज्य संघ जुंगाको लडाईका कारण भाडभैंलो हुने अवस्थामा पुगेको हुँदा दुबै पक्ष संयमित भई शान्तिपूर्ण ढंगबाट सार्वजनिक संस्थालाई आपसी स्वार्थमा नबझाई समाधानको प्रयास खोज्नु नितान्त आवश्यक रहेको समस्त व्यापारी वर्गहरुको चाहना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।