राष्ट्रिय धान रोपाई दिवस रौतहट सहित देशैभरी मनाइदै

0 Shares
रौतहट, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान रोपाई दिवस हर्षोल्लासका साथ रौतहट सहित देशै भरी मनाइदै छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार १३ असार सम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टर मध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा मात्र धान रोपाइँ भएको हो ।
गत वर्ष १४ असार सम्ममा १७.२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १५.६ प्रतिशत मात्रै भएको तथ्याँक उपलब्ध भएको छ ।
सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, लुम्बिनी ९.७, गण्डकी १३.८, बागमती २०.५, मधेस ३.९ र कोशी प्रदेशमा १४.३ प्रतिशत रोपाइँ भएको छ ।
मधेश प्रदेशका सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको विभागले जनाएको छ ।
स्मरणीय छ, कुनै वेला कृषिमा आत्मनिर्भर रहेका नेपाल अहिले परनिर्भर रहनुपरेका छन् । खास गरेर मधेशका जिल्लाहरुका किसानलाई समयमा विऊ विजन नपाउनु, रासायनिक मलको उपलब्धता नहुनु, किटनाशक औषधीको प्रयोग कसरी गराउने सम्बन्धमा यथेष्ट जानकारी नहुनु जस्ता विडम्बनाका कारण कृषि क्षेत्रबाट विस्तारै पलायन हुँदै गएका छन् ।
यहाँका खेती किसानी गर्नेहरु भारतीय बजार माथि निर्भर रहनुपरेको छ । भारतीय बजारबाट विऊविजन सहित रासायनिक मल ल्याउदा नेपाली सुरक्षाकर्मीहरु देखि सक्ने अवस्था छैन् । कतिबेला खोसेर लाने हो भने अनावश्यक झन्झटबाट यहाँका किसानहरु विस्तारै कृषि पेशाबाट पलायन हुँदै गएको बताउँछन् ।
राज्यले किसानहरुको समस्यालाई समयमा सम्बोधन नगरिए स्थानीय उत्पादनमा ह्रास आई विचौलियाहरु हाबी हुने निश्चित रहेको छ ।
जे भएपनि असार १५ को दिनमा राष्ट्रिय धान रोपाई दिवसमा देखाउनका लागि पनि मन्त्री, नेता देखि लिएर सेलिब्रेटीहरु हिलोमा छ्यापछ्याप्ती गरेर देखाउने चलन हाम्रो यहाँ विद्यमान छ । तसर्थ किसानहरुलाई सेवा सुविधा प्रदान गर्ने तर्फ राज्यको ध्यान जान गएमा मात्रै आजको दिनको महत्व बढेर जानेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।