रौनक श्रीवास्तवको शतकको मद्दतबाट भुटान सामु नेपालले ३५९ रनको विशाल लक्ष्य प्रस्तुत गरे

0 Shares
रौतहट, १७ असार । यु–१६ एसीसी मेन्स इष्ट जोनको क्रिकेट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा भुटानलाई जितका लागि नेपाल ३५९ रनको विशाल लक्ष्य प्रस्तुत गरेका छन् ।
टस जितेर पहिलो ब्याटिंग गरेका नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाए । नेपालका लागि रौनक श्रीवास्तवको आकर्षक शतकको मद्दतबाट विशाल योगफल तयार गर्न सके ।
भुटान विरुद्धको अन्तिम खेलमा ओपनिंग जोडी चल्न सकेन । १७ रनमा २ विकेट गुमाएको नेपालले रौनक र शिवाँश मिलेर तेश्रो विकेटको लागि ९१ रनको महत्वपूर्ण साझेदारी गरे भने चौथो विकेटका लागि रौनक र सुगम बुढाथोकीले ७२ रनको साझेदारी गरेका थिए ।
रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतबाछ १६८ रन बनाए । कुनैपनि नेपाली खेलाडीको लागि यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।
१८०–४ को अवस्थाबाट रौनकले जोयसँग मिलेर १७० रनको साझेदारी गरे । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।
हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।
समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल यस खेलमा विजयी भएपछि सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।