तराई टप डेष्क
रौतहट, १७ असार । नेपाल–भारत को सीमा क्षेत्रबाट हुने अबैध कारोवार गराउनमा रकक्षहरुको भुमिका निकै महत्वपूर्ण रहेका छन् ।
सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको बीओपी देखि लिएर नेपाल प्रहरीको सीमा प्रहरी चौंकीको सेटिंगमा दैनिक लाखौं लाखको मालसामानहरु भारतबाट नेपालमा तथा नेपालबाट भारतमा निर्वाध रुपमा जाने गरेका हुन् ।
रौतहटको भारत संग जोडिएका ३२ किलोमिटर सीमाक्षेत्रमा यतिखेर तस्करहरुको रजगज रहेको छ । माटरसाइकल, साइकलबाट मालसामानहरु ल्याउनका लागि हरेक नाका सहित भित्री बाटोमा रहेका युनिटहरु सेटिंग हुँदा तस्करी नियन्त्रणको अपेक्षा गरिएपनि ह्वातै बढेका छन् ।
विभिन्न चोर नाकाहरुबाट अहिले निर्वाध रुपमा कपडा देखि लिएर स्पेयर पाट्र्स सम्म, सुख्खा देखि लिएर सुर्ती सम्म, खाद्यान्न देखि लिएर मानविय जीवन संग जोडिएका सामानहरुको तस्करी कार्य संचालनमा आएको श्रोतले बताए ।
त्यती मात्रै नभई नेपालबाट भारत तर्फ मदिरा, विदेशी मकैं, कालो मरिच, सुकमेल, कष्मेटिक, नेपाल लिभरका सामानहरु निर्वाध रुपमा जाने गरेको छ । गाई गोरु देखि लिएर भैंसी राँगा, पाडाहरुको तस्करी ठूलो परिमाणमा भईरहको ति श्रोतले दाबी गरेका छन् ।
अहिले खेति किसानी गर्नेहरुको लागि नेपाल सरकारले विऊविजन, रासायनिक मल तथा किटनाशक औषधीको व्यवस्थापन गराउन नसक्दा उक्त सामानहरु तस्करीको माध्यमबाट आएपनि चर्को मल्यमा किसानहरु खरिद गर्न बाध्य छन् यतिखेर रौतहट जिल्लामा मौलाउदै गएपनि नियमनकारी निकाय सेटिङमै रमाएको छ ।
सीमाक्षेत्रबाट चुहावट हुन नदिन सशस्त्र प्रहरीको लक्ष्मिपुर बेलविछवा, प्रस्तावित गुल्म गौर, औरैया, रामपुरखाप, बंकुलमा विओपीहरु रहेको छ । नेपाल प्रहरीका ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, गौर, महादेवपटी, बन्जरहा, औरैया, मठिया, लतमरी, जयनगर, बंकुल सहितका विभिन्न स्थानहरुमा युनिटहरु रहदा नियन्त्रण गर्नुको साटो उल्टै सेटिंङ कै आधारमा राजस्व छलेर सामानहरुको तस्करी निर्वाध रुपमा जारी रहेका छन् ।
राति ११ देखि ४ बजे सम्मको राज के हो ?
गौर पूर्वबाट रुपेश दास, दिलिप साह, चुन्नु साह, नेपाल र भारतबाट कष्मेटिक सामानहरु सहित टिभी, इन्भटर, कपडा ओसार पसार गर्दै आएको छ भने महादेवपटीबाट भारत बैरगनियाका रोशन जयसवाल सहितका एक दर्जन तस्करहरुले दैनिक लाखौंको कपडा ओसारेर गौरका ठूलठूला पसलमा दिने गरेका छन् ।
यस्तै बकैया नदी पारी इशनाथ नगरपालिकाको वडा नम्वर १ बन्जरहाका कुख्यात तस्कर अमरजित साहले राति ११ बजे देखि विहान ४ बजे सम्म लाखौं लाख मूल्य बराबरको कपडा, मलखाद्य, स्पेयर पाटर््स लगायतका दैनिक उपभोग्यका बस्तुहरु ओसारिरहेका छन् ।
यसैगरी औरैया, मठिया, महुलिया, लतमरी, खापर, जयनगर, बंकुल, अरुवा खोला भएर अहिले तस्करको लाइन सुरक्षाकर्मीहरुले खोलेर दैनिक लाखौलाख राजस्व चुहावट गर्दै आएका छन् ।
यसरी सीमा क्षेत्रबाट हुने ठूलो परिमाणका तस्करीलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी असफल रहेको देखिन्छ ।
सीमा क्षेत्रबाट हुने चुहावटको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल नम्वर ११ गणका एसपी सन्तोषकुमार बस्नेतले आफू दैनिक रुपमा निगरानी गरीराखेका छौं, सीमाबाट चुहावट नभएको दाबी गर्छन् ।