राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल समक्ष आजपाको ज्ञापनपत्र

0 Shares
काठमाडौं, १९ असार ।  आम जनता पार्टी (आजपा) ले तल्लो तहमा काम गर्ने श्रेणीविहिन कर्मचारीहरुको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल समक्ष ज्ञापनपत्र बुझाए ।
प्रतिनिधि सभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको हो ।
आजपाले काठमाडौंको सिंहदरबारमा विहिवार राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएको हो । आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा श्रेणीविहीन कर्मचारीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ ।
ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसंग कुरा गर्दै आजपा प्रवक्ता साहले निजामती विधेयकमा भएको छेडछाडको नैतिक जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताए ।
प्रतिनिधिसभाबाट सो विधेयक पारित भएकोमा त्यसको नैतिक जिम्मेवारी सभामुखले लिएर मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए । निजामती विधेयकमा आवश्यक बिषय नभएको र अनावश्यक बिषय जबरजस्ती राखिएको बताउदै सो बिधेयक समेत रोक्नुपर्ने माग प्रवक्ता साहले गरे ।
समानताको मौलिक हक अनुरूप सामाजिक न्यायलाई आत्मसात गर्दै विधेयकमा आवश्यक संसोधन गर्नुपर्ने, ५८ वर्षको उमेर हदलाई ६० वर्ष पुर्याउनुको आवश्यक्ता र औचित्य पुष्टि गर्नुपर्ने, कुलिङ् पिरियड सम्बन्धी व्यवस्थामा भएको स्वार्थपूर्ण छेडछाडमा संलग्न दोषीहरू माथि कारबाही गर्नुपर्ने, अतिरिक्त विशिष्ट श्रेणी सम्बन्धी व्यवस्थाको औचित्य पुष्टि गरी पदावधि निश्चित गर्नुपर्ने लगायतका माग आजपाले उठाएको छ ।
‘यस न्यायोचित मागहरुको उपेक्षा गर्दा देश र जनतामा चरम अविश्वास, असन्तुष्टि, आक्रोश र अशान्तिको स्थित बढ्ने सम्भावना बढेको छ । यसर्थ, हामी विश्वास गर्छौं कि राष्ट्रिय सभाको गरिमामय भूमिकाले यस विषयमा न्यायोचित हस्तक्षेप गर्नेछ,’ आजपाले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती सेवा विधेयकले सरकारी सेवाको तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूलाई निषेध गरी देशको शासन प्रक्रियाबाट आम नागरिकको सहभागिता र स्वामित्व अन्त्य गर्ने दुस्प्रयास गरिएको प्रति आजपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो विपन्न श्रमजीवी वर्ग प्रतिको विभेदपूर्ण कार्य असंवैधानिक र गरिब विरोधी रहेको ठहर गरेको छ ।
यसरी राज्य सञ्चालनको मूल आधार निजामती सेवाको तल्लो तहमा काम गर्ने कर्मचारीहरूको योगदानलाई नकार्नु नसकिने एवं विभेद गर्नु भनेको अमानवीय, अन्यायपूर्ण र देशको सामाजिक न्याय प्रतिको गम्भीर प्रहार हो बुझाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी, कुनै औचित्य र आवश्यकताको आधार बिना नै ५८ वर्षको उमेर हदलाई ६० वर्ष पुर्याउनु तथा अनावश्यक रूपमा सेवा अवधि निर्धारण बिना नै अतिरिक्त विशिष्ट श्रेणी खडा गर्नु आफैंमा विरोधाभाषपूर्ण एवं आपतिजनक छ,’ ।  आजपाले अतिरिक्त विशिष्ट श्रेणीको पद समेत निजामती विधेयकबाट हटाउन माग गरेको छ ।
विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा स्वार्थ समुहको ईशारामा अनाधिकृत रुपमा छेडछाड गर्ने गराउने हर्कत सिङ्गो देश, जनता, संसदीय सर्वोच्चता र प्रणालीप्रतिको प्रहार रहेकोले यसलाई कुनैपनि बहानामा समान्य र स्वभाविक मान्न नसकिने आजपाको निष्कर्ष छ ।
गरिब र वंचित वर्गलाई प्रताडित गर्ने, संविधानको मूलभूत सिद्धान्तहरूलाई उपेक्षा गर्ने र जनआकांक्षा विपरीत कार्य गर्ने सरकार, सांसद र उच्चपदस्थ प्रशासकहरुको जालझेल एवं षड़यन्त्रपूर्ण रवैयाप्रति आम जनताको आक्रोश बढदै गएको छ ।
उक्त ज्ञापनपत्र बुझ्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले थप छलफलका लागि समितिमा पठाउने बताए । प्रवक्ता साह, नेताहरु रञ्जु साह, बिजय यादव, मिनादेवी साह, चन्द्रिकालाल साह लगायतको सहभागिता रहेको आम विद्यार्थी मोर्चा केन्द्रीय सदस्य धिरेन्द्र साह (प्रभात) ले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।