धनुषाको गोबराहीमा तस्करी समुह र सशस्त्र प्रहरी बीच झड्प, ६ जना सशस्त्र प्रहरी घाइते

0 Shares
धनुषा, २० असार । धनुषाको भारत संग जोडिएका विदेह नगरपालिकाको गोबराही स्थित सीमावर्ती क्षेत्रमा विहिवार राति तस्कर र सशस्त्र प्रहरी बीच दोहोरो झड्प भएका छन् ।
गोबराही सीमावर्ती क्षेत्रबाट तस्करी तिव्र रुपमा भईरहदा उक्त कार्यलाई नियन्त्रण गर्न खोन्दा गएराति तस्कर समूह र सशस्त्र प्रहरी बीच झड्प हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।
मोटरसाइकलको प्रयोग गरेर अबैध रूपमा सामानहरु भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरी संग भएको जम्काभेट पश्चात सामानहरु खोस्ने क्रममा दोहोरो झड्प हुँदा सशस्त्र प्रहरी घाइते भएको बताइएको छ ।
सशस्त्र प्रहरीले ज्यान जोगाउन हावाई फायर गर्नुपरेको थियो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले सामान सहितको मोटरसाइकल फेला पारेको थियो ।
तस्कर र सामानहरु खोज्ने क्रममा नजिकै रहेको टहरोमा घरेलु हतियार लिएर बसेका करिव डेढ सय जना भन्दा बढि तस्करहरुले एकएक सशस्त्र प्रहरी माथि अक्रमण गरे । तस्कर समूहले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकरी दिए ।
सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास सेल र चार राउण्ड हवाई फायर गरेर आत्मरक्षा गरेको थियो । घाइतेमध्ये तीन जना सशस्त्र प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ ।
स्मरणीय छः धनुषाको गोबराही एउटा तस्करीको उदाहरण मात्रै हो । यतिखेर मधेश प्रदेशको आठ वटै जिल्लाको हविगत यस्तै रहेको छ । सेटिंगमा हरेक स्थानमा तस्करी कार्य निर्वाध रुपमा जारी रहेको छ । सेटिंग नमिलेको स्थानमा नियन्त्रण गर्न खोज्दा झड्प हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।