भोजपुरमा एकै परिवारका चार जनाको हत्या

0 Shares
भोजपुर, २२ असार । भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकामा एक युवकले श्रीमती सहित चार जनाको हत्या गरेको छ ।
रामप्रसाद साई गाउँपालिका–२ धोदलेखानी गाउँमा ३० बर्षीय राजेन्द्र राइले ससुराली घरमै श्रीमती, सासु ससुरा र सालोको हत्या गरेको हो ।
भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राईले ससुरालीमा हत्या गरेर आफै प्रहरीलाई फोन गरेर सबै जानकारी गराउदै समात्न आउनु भनेका थिए । चारैजनालाई छुरा रोपेर विभत्स हत्या गरिएको भोजपुर प्रहरीले जनाएको छ ।
६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या गरेका हुन् । मनिषा आरोपितको श्रीमती रहेको बताइएको छ । हत्यारा राईले शनिवार रातिनै प्रहरी कन्ट्रोलमा फोन गरेर भने– ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् भनेका थिए ।’
फोन गर्नेले भनेकै ठाउँमा प्रहरी पुग्दा ४ जना मृत अवस्थामा भेटिए । हत्यामा संलग्न आरोपीलाई घटनास्थल भन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न राजेन्द्रलाई जिल्ला अस्पतालबाट थप उपचारको लागि धरान लगिएको छ । उनको पेटमा चोट लागेको छ । गएराति खाना खाएर सबै जना सुतेको अवस्थामा केही आवाजहरु आएपछि आफू ब्युँझिदा ससुराली परिवार मिलेर नै आफ्नो हत्या गर्ने प्रयास गरिएको आरोपीले प्रहरीलाई बताए । उनले भने ‘सबै जना सुतिरहेका थियौँ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यसपछि त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’
भोजपुर नपा–२ हेलौंछाबाट उनी ६ दिनअघि ससुराली गएका थिए । पत्नी मनिषालाई सासूले डेढ महिनाअघि लिएर गएकी थिइन् । पारिवारिक विषयमा उनीहरूका बिचमा मनमुटाव हुँदा विवादले हत्याको रूप लिएको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।