असार महिना किसानहरुको लागि अभिशाप, नेता एवं टाठा बाठाहरुको लागि वरदान

0 Shares
प्रभातकुमार झा
असार महिना किसानहरुलाई रोपाई गर्ने महिनाको रुपमा मनिन्छ तर यसपाली बर्षा नुहँदा उनीहरुको लागि असार अभिशाप बनेको छ तर  असारे विकासको कार्यमा संघ, प्रदेश र स्थानीय सरकारहरुका लागि बरदान सावित भएका छन् ।
प्रदेश सरकारबाट विनियोजित रकमबाट विकास निर्माणको नाममा नेता एवं कार्यकर्ताहरु देखि लिएर टाठाबाठाहरु पाल्ने कार्य भईरहेको पाइउका हुन् ।
प्रदेश सरकारबाट करोडौं करोडलाई टुक्रे योजनाहरु बनाएर धमाधम कार्यहरु गर्दै बजेट रित्याउने कार्यमा नेता, कार्यकर्ता, टाठाबाठाहरु यतिखेर लागिपरेको हो । रातदिन भईरहेको कामबाट असारे बजेट गलाउने कार्यका कारण किसानहरुको असारे खेती प्रभावित भएको सहजै अनुमान लगाउन सकिन्छ ।
खास गरे प्रदेश सरकारले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र पर्यटन विकास कार्यालयको माध्यमबाट करोडौं करोड रकम विनियोजन गरेर पठाइएको रकमको चरम दुरुपयोग भईरहेको पाइएका छन् ।
जनताको खुन पसिना एवं कर बाट उठाइएको रकम वा वैदेशिक ऋण अनुदानबाट प्राप्त रकमको यतिखेर रौतहट सहितको मधेश प्रदेशका जिल्लाहरुमा चरम दोहन भईरहेको पाइएपनि सम्बध निकाय अन्धो र बहिरो बनेर बसेका कारण आर्थिक दुरुपयोग ह्वातै बढेको आरोप लाग्दै आएका छन् ।
ऐन कानुनको बर्खिलाप गर्दै उपभोक्ता समिति गठन अगावै कार्य सम्पन्न गर्नु, ऐनकानुनमा भने बमोजिमको उपभोक्ता समिति गठन नगरी नेता एवं जिम्मेवार व्यक्तिहरुले खल्तिको मान्छेहरुलाई उपभोक्ता समितिमा राखेर चरम आर्थिक लुटखसोट मचाएको, पहिला देखि नै विकास भएका वा सडक भएका माथि पुनः सडक ढलान गरेर आर्थिक वितण्डा मचाएको, खोलामै बाटो निर्माण गरिएको, व्यक्तिको जग्गा जोगाउन लाखौं लाख रकम बोल्डरजालीमा खन्याई लुटखसोट मचाए पनि यहाँका नियमनकारी निकाय पनि त्यसैमा लिप्त भई “तै चुप, मैं चुप” को रणनीति अपनाएको हुँदा अनियमितताको पराकाष्ठा नाघेका छन् ।
पर्यटन विकास कार्यालय त झन् नमूनाका कामहरु गराईराखेका छन् । नेपाल भारत सीमावर्ती क्षेत्रमा अवस्थित क्रान्तिद्वार भन्दा दक्षिण तस्करी हुने बाटोमा लाखौंको लगानीमा सडक ढलान गराइयो । के त्यस सडकको कुनै उपयोगिता हो, यदी होइन भने त्यहाँ किन ढलान गरियो, जहाँ ग्रावेल वा खाल्डाखुल्डी भएको बाटोमा किन ढलान गरिएन होला ? स्थानीय बासिन्दाहरु सम्बध निकाय संग गम्भीर प्रश्न उठाएका छन् ।
पर्यटन विकास कार्यालयबाट हुने रौतहट र सर्लाही जिल्लामा अधिकाँश कार्यहरुको वास्तविक रुपमा अनुगमन गरियो भने उक्त कार्यालयका प्रमुख देखि लिएर प्राविधिकलाई कानुनी कठघेरामा उभ्याउन किन नसकिने स्पष्ट रहेपनि स्थानीय प्रशासन प्रदेश प्रशासन एवं संघिय प्रशासन मौन रहदा पर्यटन विकास कार्यालयको मनोमानी बढेको स्थानीय जनप्रतिनिधिले बताए ।
यस्तै पूर्वाधार विकास कार्यालय मार्फत हुने कामहरुको त कुनै सिमा नै छ्रैन । गौर नगरपालिकाको विभिन्न वडाहरुको सडक पहिला देखि नै ढलान भएपनि त्यसैमाथि ढलान गरिएको आरोप स्थानीयको छ । उक्त घरहरुबाट निस्किने फोहोर पानी व्यवस्थापनको लागि नाला निर्माण गराउनुपर्ने ढलान माथि ढलान कार्य गरेर रकमको व्यापक दुरुपयोग भएको छ । स्थानीयले विरोध गर्दा गौर नगरप्रमुख शम्भु साहले उक्त स्थानको निरीक्षण गर्दै पूर्वाधार विकास कार्यालय नगरपालिका संग समन्वय नगरी आफू खुशी कार्य गर्दा यस्तो समस्या सृजना भएको उनले स्पष्ट पारे ।
यस्तै जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रौतहटको अवस्था पनि फरक छैन् । व्यक्तिको जग्गाको सुरक्षा गर्न लाखौं करोडको बजेट खन्याएर बोल्डर जालीको काम गराईको छ । आपतकालिन कामको निहुँमा प्राप्त हुने आपतकालिन बजेटमा चरम लुटखसोट एवं बजेटलाई ब्रम्हलुट मचाएको भएपनि स्थानीय प्रशासन निरीह छन् उनले कुनै कानुनी कारवाही एवं प्रक्रियालाई अगाडी नबढाउदा अनियमित कार्यको रौतहटमा विगविगी बढेका छन् ।
चन्द्रपुर नगरपालिकाको मंगलपुर स्थित वागमती नदीको पश्चिमी किनारमा श्रोत सुनिश्चिचता भएपछि ४७४ मिटर लम्बाई भएको ६ स्टेपका स्पर निर्माण गरियो त्यती मात्रै नभई २४ मिटर नयाँ र पुरानो २०१ मिटरको एक स्टेपको स्पर निर्माण गरिदा त्यहीको ढुंगा उत्खनन गरेर प्रयोग गरियो । निर्माण कार्य सम्पन्न भएपछि नयाँ ५ वटा र पुरानो १ गरी ६ वटा उपभोक्ता समिति गठन गरेर भुक्तानीको लागि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा विल भर्पाई पेश गरिएको अवस्था छ ।
यस्तै जुडिवेला देखि उत्तर हर्दिया खोलामा तिन वटा उपभोक्ता समिति मार्फत तारजाली ढुंगाबाट स्पर निर्माणको कार्य भएको छ । १०–१० लाखेको दुई वटा र ४७ लाखको एउटा गरी कुल तिन वटा योजनाको निर्माण कार्य सम्पन्न भएकोमा लक्ष्य १७७ मिटर राखिएकोमा प्रगति १८० मिटर भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका छैंठो तहका अधिकृत रामएकवाल साह भन्छन् ।
वागमती, लमहा, कटछुअवा, डोरी, लाल बकैया सहितका खोला खोल्सीमा काम भएको समेत बुझियो ।
यस विषयमा जलश्रोत तथा सिंचाई विकास डिभिजन प्रमुख सिडिई भक्तकुमार लालले यस डिभिजनबाट २२ करोडको आपतकालिन, १० करोडको खोलाखोल्सीमा र ७ करोडको सिंचाई क्षेत्रमा काम भएको दाबी गरे । संघको सहमतीमा प्रदेशबाट आएको आपतकालिन कार्यहरु वागमती, लालबकैया नदीमा भएको बताउदै हामी काम गर्ने गराउने व्यक्ति हौ, हामी कुनै नेतालाई काम दिएका होइनौं, जति काम भएछ सबै गणस्तरिय भएको बताए ।
तराई टप ले सोधेको एक प्रश्नको जवाफमा उनले नेतामुखी देशमा उहाँहरुको कुरा नमानेमा हामीलाई यहाँ बस्ने समेत गाह्रो रहेको बताउदै कुनै कार्य व्यक्तिगत पनि भएको होला ? तर त्यसबाट सबैलाई त्यसरी नै भएको भन्न मिल्दैन उनले भने ।
यस्तै पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख दिपककुमार मिश्रलाई सम्पर्क गर्न खोज्दा उनी कार्यालयमा उपस्थित नरहदा सम्पर्क हुन सकेनन् ।
पर्यटन विकास कार्यालय रौतहटका प्रमुख राजेश काफ्ले महिनौं देखि कार्यालयबाट विहिन अवस्थामा रहेको पाइयो । पर्यटन विकास कार्यालय गौरमा भएपनि उनी चन्द्रपुर स्थित कर कार्यालय अगाडी कोठा भाडामा लिएर बसेको छ । त्यही कोठाबाट उनले आर्थिक कारोवारहरु गर्दै आएका छन् । त्यही कोठाबाट समेत काम गर्ने योजनाहरु समेत बाँडेको गम्भीर आरोप लागेको छ ।
उनले स्थलगत निरीक्षण नै नगरी धमाधम योजनाहरुको भुक्तानी वितरण गरी प्रदेशको रकमलाई चरम दुरुपयोग गर्दा समेत रौतहटका स्थानीय प्रहरी प्रशासन उल्टै उनीहरुको सुरक्षामा लागिपरेको देख्दा सबैको मिलोमतोमा नै प्रदेशबाट आएका रकममा व्यापक लुटखसोट मचेको बुझिन सकिन्छ ।
स्मरणीय रहोस, यसरी करोडौं करोड रकमको लुट मच्चिदा नियमन गर्ने निकायहरु चुप लागेको हुँदा उनीहरुको नियत माथि यति खेर गम्भीर प्रश्न चिन्ह् उब्जीदै गएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सक्रिय भएर यस्ता आर्थिक अपचलन गर्नेहरु विरुद्ध ठोस कारवाही गरिनु नितान्त आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।