सर्लाही, ५ साउन । सर्लाहीको हरिवन नगरपालिकाको डाबरीबाट बरामद गरेका लागुऔषधमा पनि प्रहरीले सेटिंग गरेको रहस्य बाहिरिएका छन् ।
हरिवन नगरपालिका–३ डाबरी भएर ठूलो परिमाणमा लागुऔषध लिएर आइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामांगको मोवाइलमा गत चैत २६ गते फोन आउँछ ।
प्रहरी निरीक्षक तामांग आफनो टोली सहित उक्त स्थानमा पुग्दा ना. २४ प. ६९०३ नम्वरको मोटरसाइकल चलाईरहेका स्थानीय ३६ बर्षीय मानबहादुर घिसिंगलाई ७०० पिस कोरेक्स, ओनरेक्स र विनेक्रक्स सहित नियन्त्रणमा लिएका थिए ।
मोटरसाइकल सहित घिसिंगलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखि आवश्यक अनुसन्धान सुरु गरे । सूचना दिने डाबरीकै कुख्यात लागुऔषध कारोवारी धिरेन्द्रबहादुर थिंगलाई प्रहरी निरीक्षक तामाँगले २४२ पिस लागुऔषध उपहार स्वरुप दिए । त्यसपछि प्रहरीले घिसिंगबाट ४५८ पिस मात्रै लागुऔषध बरामद भएको कागजात तयार परेर कारवाही प्रक्रिया आरम्भ गरेको थियो ।
घिसिंगलाई हिरासतमा अनुसन्धानको क्रममा प्रहरी निरीक्षक तामाँगले निर्घात कुटपिट गरेर अन्य संलग्न व्यक्तिहरुको नाम पोल्न लगाए । जसमा स्थानीय फेकन साह तेली, अजय मण्डल र गोलमोल भन्ने अमित जयसवालको नाम भनेका थिए । प्रहरीले तिनै जनाको खोजतलास जारी राख्यो । जसमध्ये फेकन साह महोत्तरीमा लागुऔषध ओसारपसारकै क्रममा पक्राउ परे ।
लामो समय सम्म इलाका प्रहरी कार्यालयमै उक्त मुद्दाको अनुसन्धान गरियो । असार १३ गते इलाका प्रहरी कार्यालय मानबहादुर घिसिंग सहितका व्यक्तिका नाममा किटान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोजन पत्र दार्ता गराएका थिए । असार १७ गते मानवहादुर घिसिंगलाई पुर्पक्षका लागि मलंगवा कारागार चलान गरिएको थियो । यसैबीचमा मानबहादुर थिंगको श्रीमती मञ्जुकुमारी थिंगले इलाका प्रहरी कार्यालयलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि बस्तविक्ता बुझदै जाँदा हरिवनका प्रहरी निरीक्षक किशोर तामांगलाई जिम्मेवारी खोस्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा तानियो ।
पछि तामांगलाई विना कारवाहीकै धनकुटा सरुवा गरियो । उता पक्राउ परेका मानबहादुर घिसिंगको श्रीमतीले ७०० लागुऔषध सहित श्रीमान पक्राउ परेका थिए । तर इन्सपेक्टर तामांगले २४२ धिरेन्द्रबहादुर थिंगलाई उपहार दिएको उजुरी पत्रमा उल्लेख भएपछि प्रहरीले छानवन सुरु गरे ।
मानबहादुरले अदालतमा हरिवनका इन्सपेक्टर तामाँग र धिरेन्द्रबहादुर थिंग बीच पटक पटक संवाद भएको र उक्त कार्यमा धिरेन्द्र सहित श्याम प्रसाद थिंग, पदमाकुमारी थिंगको नाम भनेपछि अदालतले तिनै जना विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि इन्सपेक्टरले नै उनीहरुलाई भगाएको श्रोतले बतायो ।
श्रोतका अनुसार एक महिना अघि इन्सपेक्टर तामाँग र कारोवारी पदमाकुमार थिंग विच कुराकानी भईरहेको प्रत्यक्षदर्शीहरुले बताए प्रहरी रिपोर्टमा भनिएको छ । यसरी ७०० पिस लागुऔषध बरामद गर्ने तर आन्तरिक साँठगाँठ गरेर इन्सपेक्टर तामाँगले घिसिंगलाई उपहार स्वरुप २४२ पिस दिएर ४५८ पिस बरामद भएको शो गर्नेलाई कस्तो किसिमको कारवाही हुने आउदो समयले देखाउने छ ।
मञ्जुले जिल्ला र प्रदेशमा उजुरी गरेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट डिएसपी विजय यादवको कमाण्डमा अनुसन्धान टोलीले सर्लाही आएर अनुसन्धान गरी फर्किसकेका छन् ।
यस विषयमा सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले अनुसन्धानको विषय रहेको हुँदा अहिलेनै केही बोल्नु उपयुक्त नहुने बताउदै अनुसन्धान सकेपछि जानकारी गराउने बताए ।