हाम्रा नेतालाई बदनाम गराउने नेपाल पाना अनलाईन विरुद्ध नेपाली काँग्रेस मधेश प्रदेशले नेपाल प्रेस काउन्सीलको दरवाजा खटखटाए

0 Shares
काठमाडौं, ५ साउन । नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव विस्द्ध कपोलकल्पित, भ्रामक एवं अशोभनिय समाचार प्रकाशन गरेर टिआरपी हासिल गर्ने नेपाल पाना विरुद्ध कारवाहीको माग गर्दै नेपाल प्रेस काउन्सीलको दरवाजा खटखटाएका छन् ।
धर्मराज मिडिया ग्रुप प्रालीद्वारा संचालित अनलाईन मिडिया नेपाल पानाले नेपाली काँग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता यादव विरुद्ध तथ्यहीन, भ्रमपूर्ण र कपोकल्पित समाचारहरु प्रकाशित गरेको भन्दै कडा शब्दमा आपत्ती जनाउदै नेपाल प्रेस काउन्सीको दरवाजा खटखटाएका हुन् ।
२०७९ साल साउन १, ३ र ४ गते “मधेशमा कांग्रेसः सभापति यादवको कार्यशैलीले नेता र कार्यकर्तामा असन्तुष्टि चुलिँदै, उठ्यो नेता परिवर्तनको माग”, “मुख्यमन्त्री बन्ने लोभमा यादवको गोप्य खेलः पैसा, सञ्जाल र शक्तिको कथित गठबन्धन, नेताहरु सशंकित !” शीर्षकमा प्रकाशित समाचारहरू नेता यादवको व्यक्तिगत, सामाजिक तथा राजनीतिक छवि माथि गम्भीर प्रहार गर्ने खालका रहेको विज्ञप्तिमा जनाइएको छ ।
नेता यादवका समर्थकहरूका अनुसार कुनै स्रोत, प्रमाण वा आधिकारिक भनाइ उल्लेख नगरी प्रकाशित गरिएका ती समाचारले यादवलाई मानसिक तनावमा पार्नुका साथै आम जनमानसमा नकारात्मक धारणा बनाउने प्रयोजन सहित लेखिएको आशंका गरिएको छ ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ बमोजिम मिडियाले आफ्नो कर्तव्य निर्वाह नगरेको र नेपाल पाना मिडिया प्रेस काउन्सिलमा दर्ता नभएको समेत औंल्याउँदै यस्तो गैरकानुनी मिडिया माथि छानबिन गरिनुपर्ने माग गरिएको जनाइएको छ ।
यस्तो गैरजिम्मेवार कार्य गर्ने अनलाइन मिडियालाई आवश्यक कारबाहीको दायरामा ल्याउन, भ्रमपूर्ण समाचार हटाउन लगाउन र वेबसाइट बन्द गराउन दफा ८ बमोजिम सिफारिस गर्न प्रेस काउन्सिल नेपाल सँग आग्रह गरिएको छ । साथै, आवश्यकता परे साइबर अपराध अन्तर्गत कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा समेत निवेदन पठाउन अनुरोध गरिएको नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।