दोक्लामलाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने रणनीति बनाउदै भारत सरकार

0 Shares
सिक्किम (भारत), ८ साउन । दोक्लाममा भारत सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने रणनीतिका साथ अघि बढेको छ ।
दोक्लामलाई लिएर सन् २०१७ को जुन महिनामा भारत र चीन बीच तनाव उत्पन्न भई रणभूमिमा परिणत भएका थिए । दुई परमाणु शक्तिराष्ट्र भारत र चीन बीच करिब ७३ दिन सम्म लामो तनाव भएको थियो तर, उक्त तनाव चाँडै नै मत्थर भई समाधान भयो ।
सिक्किम सरकारले भारत सरकार अन्तर्गतको ‘रणभूमि पर्यटन योजना’ अन्तर्गत दोक्लामलाई पर्यटकीय केन्द्र बनाउने प्रस्ताव अघि सारेको बताइएको छ । पर्यटकीय सम्भावनालाई उपयोग गर्दै सिक्किम सरकारले नजिकैको चोला दर्रा क्षेत्रलाई समेत पर्यटन नक्सामा ल्याउने प्रयास थालेका छन् । यसका लागि केन्द्र सरकार र सेनासँग समन्वय जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाए ।
सिक्किम पर्यटन विभागका अतिरिक्त सचिव सीएस रावका अनुसार दोक्लाम र चोला क्षेत्रमा पर्यटकहरूको सुविधाका लागि प्रतीक्षालय, शौचालय, विश्राम कक्ष लगायत पूर्वाधार निर्माण भइरहेका छन् । ‘हामीले दुवै स्थानमा आधारभूत सुविधा निर्माणको काम अघि बढाएका छौं,’ रावले बताए ।
दोक्लाम र चोला, दुवै क्षेत्र सिक्किमका चर्चित पर्यटकीय गन्तव्य छाङ्गु ताल र नाथुला नाकाबाट झन्डै ३० किलोमिटर दुरीमा पर्छन् । ‘यदि यी क्षेत्र पर्यटकका लागि खोल्न सकियो भने घरेलु तथा विदेशी पर्यटकको आकर्षण बढ्नेछ,’ रावको भनाइ छ, ‘यसबाट राज्यले राम्रो आम्दानी पनि लिन सक्छ ।’
योजना अनुसार पर्यटकलाई सिमाना क्षेत्रसम्म जान अनुमति नदिइए पनि ‘एरियल भ्यु’ अर्थात् हवाई दृश्यावलोकनको अनुमति दिन सकिने प्रस्ताव गरिएको छ । अन्तिम निर्णय भारतीय सेना सँगको छलफल पछि लिइनेछ ।
दोक्लाम क्षेत्रको भौगोलिक संरचना, पहुँच, पर्यटकीय सम्भावना लगायतका पक्ष अध्ययन गर्न सिक्किम सरकारले केही समय अघि मोटरसाइकल टुर समेत सञ्चालन गरिसकेको छ ।
भारत सरकारले सन् २०१७ को दोक्लाम विवादपछि चीन सीमा जोड्ने पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको थियो । त्यसअनुसार राष्ट्रिय ७१७ ’ए’ राजमार्गलाई चौडा र स्तरोन्नति गर्न झन्डै ७ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाए ।
गुरुडोङमार, नाथुला, छाङ्गु तालजस्ता स्थानमा बर्सेनि हजारौं पर्यटक पुग्ने गरेका छन् । अब दोक्लाम र चोला पनि त्यही सूचीमा समावेश हुँदैछन् ।
श्रोतः एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।