बारा, ११ साउन । सेटिंगका आधारमा मासलसामानहरु भित्रयाएर ट्रान्सपोर्टको माध्यमबाट पठाउने क्रममा बारा प्रहरीले एक मालबाह ट्रकलाई नियन्त्रणमा लिएर छ ।
बाराको इलाका प्रहरी कार्यालय सिमरामा प्राप्त विशेष सूचनाको आधारमा शनिवार राति १० बजेको सयमा पर्साको वीरगञ्जबाट नारायणगढ तर्फ गईरहेका ना ४ ख ५६७२ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिदा ५२ लाख ७० हजार मूल्यबराबरको भन्सार छलीका सामानहरु बरामद गरिएको हो ।
उक्त ट्रकमा कपडा, साइकलको पाट्र्स, केमिकल, औषधी र खुद्रा सामानहरु बरामद गरिएको इप्रका सिमराले जनाए । बरामद गरिएको सामानहरुको प्रचलित बजार मूल्य ५२ लाख ७० हजार बराबरको रहेको बताए ।
बरामद गरिएको उक्त ट्रकमा भएका सामानहरुको प्ररम्भीक जाँच गर्दा बिल बिजक भन्दा फरक सामग्रीहरु फेला परेकोमा भन्सार टलिएको आशंका प्रहरीले गरेको छ ।
पर्सा जिल्लामा तस्करीका मुख्य नाकाहरु
स्मरणीय छ, पर्सा जिल्लाको सुगौली पटेर्वा, जानकी टोला, रंगपुर ठोरी, भिसवा, अमरपटी, छपकैया, इनर्वा भन्सार, परसौनी भट्टा, विर्ता, पोखरिया लगायतका नाकाहरुबाट भन्सार छलीका सामानहरु भित्रयाई विभिन्न ट्रान्सपोर्टको माध्यमबाट नेपालको विभिन्न सहर सम्म पुर्याउने गरिएको छ ।
तस्करीमा संलग्न व्यापारीहरु
उक्त नाकाहरुबाट मुकेश गुप्ता, शम्भु दास, विनोद दास, हरिन्दर पटेल, जयलाल यादव, बनारसी ठाकुर, सन्तोष सिंह, ललिता देवी, गुडु शर्मा, रुन्चे भन्ने मदन गुप्ता, अरुण साह, गौतम चौरसिया, कृष्णा चौरसिया सहितका दर्जनौं व्यापारीहरुले भारतबाट नेपालमा भन्सार छलेर अबैध रुपमा सामानहरु भित्रयाउने गरेको श्रोतको दाबी छ । त्यस्तै नेपालबाट भारत तर्फ यी व्यापारीहरु नै अबैध कार्य जारी राखेको बताइएको छ ।
अबैध कार्यलाई संचालन गर्न घुमुवा प्रहरीको मुख्य भुमिका
पर्सा जिल्लाबाट हुने अबैध मालसामानहरुको ओसार पसार कार्यलाई लाईन संचालन गराउने (घुमुवा प्रहरी) सई लोकन्द्र पंडित मुख्य निर्देशनमा प्रहरी हवलदार विवेक सिंह (विर्ता), प्रहरी हवलदार अनुरुद्ध यादव (सुगौली पटेर्वा), अर्जुन साह कानु श्रीपुरमा बसेर अबैध कारोवारलाई सघाईरहेको श्रोतले दाबी गरे । श्रोतका अनुसार प्रहरी हबलदार अर्जुन साह कानु लागुऔषध कारोवारको जिम्मेवारी रहेको यीनले नै प्रदेश प्रहरी देखि लिएर जिल्ला सम्मको प्रहरी अबैध कारोवारमा चुर्लुम्म डुबेको कारण सीमावर्ती क्षेत्रमा अबैध सामानहरको तस्करी कार्यमा नियन्त्रणमा आउन सकेको छैनन् ।