खानेपानीको अभाव हुन नदिन प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख जिल्ला अधिकारी खड्काको निर्देशन

0 Shares
रौतहट, १२ साउन । पानी नपरेर लामो समय देखि जारी रहेको खडेरीको समयमा स्थानीय बासिन्दाहरुलाई खानेपानीको अभाव हुन नदिन पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सोमवार प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।
खडेरीकै कारण रौतहट जिल्लाको पाँच वटा पालिकाको केही वडामा ट्युवेलमा पानी आउन छाडेपछि स्थानीय बासिन्दाहरुको कष्टलाई हेरेर दमकलको मद्दतबाट केही पालिकामा स्थानीय बासिन्दालाई पानी वितरण गरिदै आएको भएपनि त्यसलाई सहज रुपमा समाधान गर्नका निमित्त पालिकाको प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर प्रजिअ विनोदकुमार खड्काले निर्देशन दिएका हुन् ।
रौतहटको बौंधीमाई, राजपुर, इशनाथ, परोहा, मौलापुर र फतुवा विजयपुर नगरपालिकामा खानेपानीको अभाव भएको छ । त्यहाँका ह्याण्ड पम्पहरु सुकेपछि पालिकाहरुबाट टेम्प्रोरी रुपमा खानेपानीको बन्दोबस्त मिलाइएको छ ।
जिल्लामा १८ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिदै उक्त पालिकाहरुमा ओभरहेड ट्याँकीको अवस्था कस्तो छ, डिप बारिंग र स्यालो ट्यूबेलको अवस्था कस्तो रहेको सोको यथार्थ विवरण सहित तिन दिन भित्रमा जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित तथ्याँक उपलब्ध गराउनुपर्ने निर्देशन दिदै प्रमुख खड्काले अभाव भएको स्थानमा पालिका वा दात्री निकायबाट के कस्तो उपाय अलम्बन गर्दा ठिक हुने त्यसको खाँका समेत तयार पारेर बुझाउने पर्ने बताइएको छ ।
संघिय सरकारले तीन महिनाको लागि मधेश प्रदेशको आठ वटै जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषित गरिसकेको छ । यस अघि प्रदेश सरकारले पनि मधेश प्रदेशलाई सुख्खा एवं संकटग्रस्त प्रदेश घोषणा गरेपछि अहिले विभिन्न निकायका विज्ञहरु आएर यहाँको अवस्था वारे सर्वेक्षण गरिरहकै समयमा प्रमुख जिल्ला अधिकारी खड्का जनताहरु प्रति उत्तरदायी भएर पिउने खानेपानीको अभाव हुन नदिन हरेक क्षेत्रलाई डाकेर समस्या समाधान गर्ने तर्फ अग्रसर रहेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर २ मा खानेपानीको समस्या रहदा प्रजिअ खड्काको निर्देशनमा आरडीसी नामक गैर सरकारी संस्थाद्वारा ट्यांकीको प्रवन्ध मिलाएर खानेपानीको समुचित व्यवस्थापन गरेको तथा त्यस्तै २० वटा स्थानमा ट्याँकी राखेर खानेपानीको व्यवस्थापनमा जुटेको बताउदै अन्य संस्था मान्डवीले पनि चाँडै कार्यक्रमहरु संचालन गर्ने बताए ।
यता इशनाथ र बौधीमाई नगरपालिकाले दमकलको माध्यमबाट स्थानीय बासिन्दाहरुलाई खानेपानी वितरण गरिरहेको छ । प्रजिअ खड्काले अझै पानी पर्ने अवस्था नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई वीपदको कार्यमा लाग्न तयारी अवस्थामा रहन समेत निर्देशन दिए ।
सो बैठकमा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्र गौरका प्रतिनिधि लगायतका उपस्थितिमा जिल्लामा रहेको खानेपानी तथा सिंचाईको समस्या समाधान गर्न वृहद छलफल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।