रौतहट, १८ साउन । वागमती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक भारतीय नागरिकको शब गुजरा नगरपालिका स्थित नहरमा आईतवार फेला परेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर स्थित वागमती नदिमा मादक पदार्थ सेवन गरेर शनिवार दिउस २:४० बजेको समयमा नुहाउन गएका भारत विहार राज्य खगडिया जिल्ला ग्राम पंचायत पछौरा- २ घर भएका ३० बर्षीय रोहितकुमार सिहं डुबेेर बेपत्ता भएका थिए ।
भारतीय युबक सिंह डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणबाट विपद उद्धार टोली संगै सशस्त्र बेस सन्तपुरका डिएसपी राजेन्द्र बहादुर बस्नेत र ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक रुपेश झाको कमान्डमा खटिएका संयुक्त टोलीले गुजरा नगरपालिका- ७ पल्टुवा स्थित कुर्मी टोलमा रहेका वागमती सिंचाइका नहरमा आईतवार विहान १०:२५ बजेको समयमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
सिंहको शबलाई आफन्तले सनाखत गरेपछि चन्द्रनिगाहपुर स्वास्थ्य कार्यालयमा पोष्टमार्टम गरि शब जिम्मा लगाउने काम भईरहेको डिएसपी दिपककुमार रायले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन