0
Shares
रौतहट, १९ साउन । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको मन्सरी गाउँमा करेन्ट लागेर एक ५५ बर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ ।
गएराति साढे सात बजेको समयमा इशनाथ नगरपालिका–८ मन्सरी गाउँका ५५ बर्षीय शेख जाफिर खेतमा विद्युतीय मोटरको सहायताबाट सिंचाई गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते जाफिर तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लयाएर उपचारको क्रममा ८.४५ बजेको समयमा चिकित्कले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एवं प्रवक्ता दिपककुमार रायले बताए ।
जाफिरको आज सोमवार प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम गरेर निजका छोरालाई शव जिम्मा लगाइएको उनले बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट