चिनी मिल्स अगाडी उखु किसानहरु टायर बालेर प्रदर्शन

0 Shares
रौतहट, २१ साउन । उखु उत्पादक संघ रौतहटको आह्वानमा उखुकिसानहरु कटहरिया नगरपालिकाको डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिजको मुख्य गेटमा टायर बालेर बुधवार प्रदर्शन गरेका छन् ।
“सरकारले दिने अनुदानको रकम तुरुन्त उपलब्ध गराउ, ७० रुपैया प्रति क्विन्टलको दरले आएका अनुदान पूर्ण रुपमा उपलब्ध गराउ, अनुदानमा गरिएका ३५ रुपैया प्रति क्वीन्टल कटौती खारेज गर” भन्ने नारा सहित किसानहरुले आज उक्त इण्डष्ट्रिजको अगाडी टायर बालेर प्रदर्शन गरेका हुन् ।
उखु उत्पादक संघको अध्यक्ष अशोक यादवको अगुवाईमा किसानहरूले प्रदर्शन गर्दै नाराबाजी गरे । सरकार, उद्योग र व्यापारी बीच त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२÷८३ का लागि उखुको मूल्य निर्धारण गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा बाँकी रहेको अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने अडान लिएका छन् ।
प्रदर्शनमा सहभागी किसान नेताहरूले सरकारको बेवास्ता विरुद्ध राजधानी केन्द्रित आन्दोलनको चेतावनी दिए । नेपाली कांग्रेसका कुमार चौलागाई, एकीकृत समाजवादीका रामभरोस यादव, जसपाका राजकुमार दास तत्मा र संघ अध्यक्ष अशोक यादवले काठमाडौंको माइतीघर मण्डलामा भदौ ८ गतेदेखि धर्ना दिने घोषणा गरे ।
उखु किसानको समर्थनमा उद्योग सञ्चालकले पनि साथ दिए । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सरकार पूर्ण अनुदान नदिए उत्पादन घट्ने र उद्योगहरू आधा क्षमतामै सीमित बन्ने अवस्था आउने चेतावनी दिए । उनले भने, “सरकारले ७० रूपैयाँमा कटौती गर्दै ३५ रूपैयाँ मात्र दिने निर्णय किसानलाई अस्वीकार्य रहेको छ । यो आर्थिक वर्षदेखि त अनुदान नै हटाइएको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।