नेपाली काँग्रेसकी महिला नेतृ शर्मिला थापाद्वारा मुस्लिम समुदायको ३०० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

0 Shares
सर्लाही, २१ साउन । नेपाली काँग्रेस मधेश प्रदेशकी नेतृ शर्मिला थापाको अनुकर्णीय कार्यको चौतफी प्रशंसा हुन थालेका छन् ।
उनले आफनो सहयोगमा चन्द्रनगर गाउँपालिकाको मुस्लिम समुदायको करिव ३०० बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेर चौतर्फी रुपमा प्रशंसाको पात्र बनेकी हुन् ।
चन्द्रनगर गाउँपालिका–५ स्थित समिमुल उलम स्लामिया मदर्शामा अध्ययन गर्ने अति विपन्न मुस्लिम बालबालिकाहरुलाई नेपाली काँग्रेस मधेश प्रदेश कमिटि सदस्य एवं चर्चित नेतृ शर्मिला थापाले आफनो लगानीमा आज बुधवार शैक्षिक सामग्री वितरण गरिन ।
समिमुल उलम स्लामिया मदर्शामा आज आयोजित विशेष कार्यक्रमका बीच शैक्षिक सामग्रीहरु वितरण गर्दै महिला नेतृ थापाले गरिव, असहाय, दिनदुखीको वृहत्तर उत्थानको पक्षमा आफूलाई सदैव समर्पित गरेको बताइन् । राजनीति क्षेत्रमा लागेपनि आफनो हितमा न सोची जनतालाई सर्वोपरी ठानेर उनीहरुको सेवामा तल्लिन रहदै आएको र अगामी दिनमा आफूबाट हुने सक्दो सहयोगहरु निरन्तर रुपमा जारी राख्ने प्रतिबद्धता गरिन् ।
शिक्षाको ज्योतीबाट बञ्चित रहेका मुस्लिम समुदायमा शिक्षाको महत्वलाई बढाएर साक्षर बनाई देश हितमा लाग्ने अभियान अनुरुप पछिल्लो विभिन्न समयमा मदर्शाहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेर उनीहरुलाई शिक्षा प्रति जागरुक बनाउने अभियानमा लागेको चर्चा गरिन् ।
नेतृ शर्मिला थापाले ३०० मुस्लिम बालबालिकाहरुलाई स्कुल झोला (ब्याग), काँपी, कलम, किताव, पेन्सील कटर इरेजर सहितका शैक्षिक सामग्री वितरण गरेको जनाइएको छ ।
वडा नम्वर ५ का सभापति जैनव खातुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा  अनिल कर्ण, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, श्याम प्रसाद सिंह, चन्द्रनगर वडा १ सभापति इशा मन्सुर, वडा नम्वर ६ का सभापति जयराम राउत, वडा नम्वर ७ का सभापति बद्री सिंह, सोनाउल मन्सुर, रजाउल्लाह मंसुर लगायत सयौं नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको उपस्थितमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।