‘सम्झौता अनुसार भारतसंग पानी नमाग्नु प्रधानमन्त्री ओलीको राष्ट्रवादी हो कि राष्ट्रघाती’ ? प्रभु साहको गम्भीर प्रश्न

0 Shares
कलैया, २३ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिचाई सम्झौता अनुसार भारतसंग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कार्य भएको टिप्पणी गरे ।
बाराको कलैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले नेपाल–भारत बीचको सम्झौता अनुसार नेपालले पानी नपाउदा समेत प्रधानमन्त्री ओली मौन बस्नु राष्ट्रघाती काम भएको ठहर गरे ।
मधेसमा पानीको हाहाकार हुँदा किसानले समयमै धानखेती गर्न नपाउदा मर्कामा परिरहेका बेला नारायणी सिचाई आयोजना, कोशी सिचाई आयोजनामा आउनुपर्ने पानी नआउदा समेत प्रधानमन्त्री ओलीले चुप्पी साध्नु राष्ट्रवादी नभई राष्ट्रघाती काम भएको उनले बताए ।
‘यही नारायणी नहर बारा जिल्लाको बीच भएर जान्छ, तर पानी छैन् । नेपाल र भारतको सम्झौता अनुसार जति दिनुपर्ने हो त्यसको १० प्रतिशत पनि पानी नेपालले पाएको छैनन् । आफ्नो हक अनुसार भारतसंग पानी माग्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि होइन ? यो सरकार किन बनेको हो ? खाली सम्झौता गर्न, बेच्नका लागि बनेको हो ? कि आफ्नो हक खोज्नका लागि पनि बनेको हो ?,’ आजपा अध्यक्ष साहले गम्भीर प्रश्न गरे, ‘केपी ओलीजी तपाई राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिचाईबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ । केपी ओलीजी तपाई राष्ट्रघात गर्ने । हाम्रो सिचाई बेचेर अनि मालपानी जोड्ने ?’
नेपाल–भारतको सम्झौता अनुसार गण्डक नहरमा पानी नआउँदा समेत प्रधानमन्त्री ओली भारतसंग पानी नमागेर राष्ट्रघाती काम गरेको बताउदै उनले आक्रोश यसरी पोखे । भारतले दिनुपर्ने पानी किन नदिएको प्रश्न गर्दै उनले यसबारेमा भारतसंग किन सम्बाद नगरेको भन्दै आलोचना समेत गरे ।
‘सम्झौता अनुसार पानी पाउनु किसानको हकअधिकार हो । तर तपाईले किन पानी नपाउदा कुरा गर्नुभएन ? आफ्नो हकअधिकार पनि छोडने सरकारलाई राष्ट्रवादी भन्ने कि राष्ट्रघाती भन्ने ? हामी त्यसलाई देशभक्त भन्ने कि दलाल भन्ने ? केपी ओलीजी यो राष्ट्रघाती काम चल्दैन । तपाई (ओली) को राष्ट्रघाती कार्य हामीलाई स्वीकार्य छैन् । तपाईको शरिरमा थोरै पनि नेपालको दानापानी छ भने नेपालको हकको बारेमा बोल्नुस् । नेपालीको भाग खोज्नुस्,’ आजपा अध्यक्ष साहले भने ।
अहिले एमाले–कांग्रेस सहितको दुई तिहाईको शक्तिशाली सरकार छ । तर दुई तिहाई शक्तिशाली सरकारको काम ‘एक पैसा’ को पनि नभएको टिप्पणी साहले गरेका छन् । सर्वसधारण जनता, किसान, मजदुरको पक्षमा वर्तमान सरकार काम नगरेर ‘मृत्यु शैया’ मा पुगे जस्तै अनुभुती भईरहेको उनले बताए ।
‘मधेसमा पानीको हाहाकार छ । पानी नपाएर सर्वसधारणदेखी किसानहरु पीडामा छन् । अहिले नारायणी सिचाई आयोजना, कोशी सिचाई आयोजनामा आउनुपर्ने पानी एक चौथाई समेत आएको छैन,’ आजपा अध्यक्ष साहले भने, ‘आफ्नो हक अनुसारको पानी दावी गर्नु र ल्याउनुको साटो प्रधानमन्त्री केपी ओलीजी चुपकी साधेर बस्नुभएको छ, मौन बस्नुभएको छ । चुपकी साधेर भारतको गुलामी गरेर सम्झौता अनुसार पानी आउदै । म सोध्न चाहन्छु यस्तो अवस्थामा प्रधानमन्त्रीजी चुपकी किन साधेको ? सम्झौता अनुसार पानी किन ल्याएको ?’
सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको समेत उनले बताए । आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।