मधेश प्रदेशको विभिन्न जिल्लाको सीमानाकाबाट अबैध रुपमा तस्करीको माध्यमबाट भित्रिएको राजस्व छलीका सामानहरु । तस्वीर तराई टप
तराई टप डेष्क
मधेश प्रदेशमा भातर संग सीमा जोडिएका ८ वटै जिल्लामा अहिले ठूलो परिमाणमा भारतीय बजारबाट अबैध बाटो भएर मालसामानहरु ल्याउने क्रम ठूलो परिमाणमा जारी रहेका छन् ।
भारत संग जोडिएका मधेशका जिल्लाहरुमा सम्बध निकाय आँखा चिम्लिदिदा अहिले यो प्रदेश तस्करीको हव बन्दै गएका हुन् । जसका कारण नेपाल सरकारको अर्थ मन्त्रालयले लक्ष्ति गरेको राजस्व प्रभावित भइरहेको पाइएका छन् ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला तस्करी गर्नेहरुको लागि अहिले स्वर्ग बनेका हुन् । जिल्ला देखि देखि प्रदेश सम्मका प्रमुखहरु संग लक्ष्मिकान्तकै सेटिंगको आधारमा तस्करी कार्यले सीमा नाघेको गम्भीर आरोप यतिखेर लागेको छ ।
यतिखेर भारतबाट ठूलो परिमाणमा हरेक जिल्लाहरुमा भारतीय रासायनिक मल मोटरसाइकलको माध्यमबाट भित्रयाउने क्रम युद्धस्तरमा जारी राखेको छ तस्करहरुले । आज विहान मात्रै हुलाकी सडकमा पर्ने लगडा चौक देखि हरनैया हुँदै रौतहटको सोनरनिया, मौलापुर हुँदै आ आफना गन्तव्य सम्म जाँदै गरेको देख्दा न कतै प्रहरी, न सशस्त्र प्रहरीको उपस्थिति रहदा आश्चर्य लाग्यो ।
सधैभरी प्रहरी बस्ने चोकचोकमा अचानक सबै सुरक्षाकर्मीहरु अनुपस्थित हुनुको राज के हो ? बुझ्दा विहानको समयमा सामानहरु लग्ने गरेको हुँदा उक्त समयमा साइड भएर बस्ने गरेको श्रोतले दाबी गरे ।
पर्सा जिल्लाको अवस्था
पर्सा जिल्लामा इलाका प्रहरी कार्यालय विर्ताका वरिष्ठ सई लोकेन्द्र पंडित मुख्य रुपमा घुमुवा इन्चार्जको रुपमा रहेको श्रोतबाट बुझिएको छ । उनकै कमाण्डा विर्तामै कार्यरत प्रहरी हवलदार विवेक सिंह, जिल्ला प्रहरी कार्यालय विरगञ्जमा प्रहरी हवलदार निरज सिंह, सुगौली पटेर्वामा कार्यरत प्रहरी हबलदार अनुरुद्ध यादव, इप्रका श्रीपुरमा कार्यरत प्रहरी हवलदार अर्जुन साह कानु मुख्य रुपमा तस्करीका कार्य गराउदै आएका छन् ।
पर्साका अबैध कारोवार गर्ने व्यापारीहरु
मुकेश गुप्ता, शम्भु दास, विनोद दास, हरिन्दर पटेल, जयलाल यादव, वनारसी ठाकुर, सन्तोष सिंह, ललिता देवी, गुडु शर्मा, मदन गुप्ता रुन्चे, अरुण साह, गौतम चौरसिया, कृष्णा चौरसिया, रविन्द्र साह, मिश्रीलाल साह, संजय साह, गुडु साह, महमद अली, लक्ष्मण चौधरी (गाँजा), महिन्द्र चौधरी (गाँजा), सवाश साह वनिया, किशोरी गुप्ता, शशीकान्त (कबाड), सन्दीप, जितेन्द्र, जटाधारी सहितका दर्जनौ व्यापारीहरु सीमापारीबाट अबैध रुपमा मालसामानहरु ल्याएर विभिन्न ट्रान्सपोर्टको माध्यमबाट बाहिर पठाउने गरेको श्रोतले बतायो ।
यी सबै कार्यमा घुमुवा प्रहरीको महत्वपूर्ण भुमिका रहने गरेको छ । विभिन्न प्रहरी एवं सुरक्षा युनिटहरु देखि लिएर जिल्ला प्रदेश सम्मकोलाई समन्वय गराएर अबैध कारोवार निर्वाध रुपमा भईरहेका छन् ।
बारा जिल्लाको अवस्था
बारा जिल्लाको कचोर्वा, सिम्रौनगढ, इटवाल खजानी, वैरिया, कवही दरवार, मटिअर्वा, बसतपुर लगायतका नाकाहरुबाट अबैध कार्य जारी रहेका छन् ।
यसैगरी रौतहटको लक्ष्मिपुर बेलविछवा, भन्सार, महादेवपटी, बन्जरहा, औरैया, मठिया, महुलिया, राजपुर, मोतिपुर, बंकुल, नरकटिया, सहितका नाकाहरुबाट निर्वाध रुपमा तस्करी जारी छन् ।
यस्तै मालदार युनिटहरुमा कोपवा, राजपुर, बसपार्क, वमनहर, शुकदेवचोक, वडहर्वा, मोलापुर, शिवनगर लगायतका युनिटहरुमा जान तछामछाड हुने गरेको पाइएका हुन् । गौर नाका भएर रुपेश दास, रौशन, अमरजित, ब्रम्हदेव साह, कान्छा, नथुनी, लगायतका दर्जनौं तस्करहरुको यतिखेर रौतहटमा चल्ति रहेको छ ।
सर्लाही
गोरखकाली, त्रिभुवन नगर, भेलही, पर्सा, सग्राम्पुर, नारायणपुर, सिम्रा फेनहारा, भाँडसर, मधुवनी गोठ, मधुवनी गाउँ, बारा उधोरण, बहादुरपुर, अर्नाहा, बलरा, छनकी सीमानाकाबाट सन्तोष साह, विजय यादव, राजेश सिंह, सरोज यादव, विजय गुप्ता सहित दर्जनौं व्यापारीहरु सीमापारीबाट अबैध रुपमा दैनिक लाखौं लाखको सामानहरु ल्याउने गरेको छ ।
त्यती मात्रै नभई जयमंगल साह (चक्रघटा) नथुनी कडैना पर्सा जुवा खेलाउदै आएको र जाकिर मिया र बरहथवाका शम्भु सिंह गाई गोरुको कारोवारमा संलग्न रहेको छन् । यिनीहरुलाई प्रहरी कार्यालय नवलपुरका इन्चार्ज असई एवं अहिले सर्लाहीका घुमुवा इन्चार्ज रामप्रवेश यादवले लाखौं रुपैया लिएर लाइन संचालन गरेको रिपोर्ट प्राप्त भएको छ ।
महोत्तरी
महोत्तरीका सीमानाका र आकर्षक मालदार प्रहरी युनिटहरुमा रघुनाथपुर, इटहर्वा, शम्सी, हल्खोरी, नैनी, गौशाला, वर्दीवास, मटिहानी, जलेश्वर भन्सार, धिरापुर, मधवा, पिपरा, लोहरपटी, खैरबनी, गैडा भेटपुर, थरुआही र मरुआहीका प्रहरी युनिटहरुकै सेटिंगमा अबैध कारोवार फस्टाउदै गएका छन् ।
महोत्तरीका कारोवारी तस्करहरु
रंजित साह, होहु, सर्फुल्लाह अन्सारी, रियाज (कपडा), महिन्द्र ठाकुर (रजनीगन्धा), कलिया शम्सी, सलिम (कपडा) पल्टु (सम्सीमा जुवा), विल्टु, सहनी जि, सद्दाम, विवेक इन्द्रनारायण (मटिहानी), राजेश्वर दास, मंगल साह, मनिक लाल, रामसेवक सहितका सीमावारीपारी गर्ने व्यापारीहरुले आ आफना कारोवारलाई निरन्तरता दिदै आएको छ भने उक्त कार्यमा प्रहरी सहायक निरीक्षक संजय पासवान र प्रहरी हवलदारद्वय धर्मेन्द्र यादव र राजेश यादवले सेटिंगको आधारमा अबैध कार्य महोत्तरीमा फस्ट्याउदै गएको बताइएको छ ।
धनुषाको सीमानाका र आकर्षक युनिट
धनौजी, इनर्वा थारी, जटही, खजुरी, औरही, फुगामा सीमानाका सहित मुजौलिया, बसपार्क जिरोमाइल, लक्ष्मिनिया, सबैला महेन्द्रनगर, ढल्केबर, यदुकोहा, तुल्सियाही सहितका आकर्षक एवं मालदार प्रहरी युनिटमा जान प्रहरी तछाडमछाड गरिरहेका हुन्छन् ।
धनुषामा कारोवार गर्ने व्यापारी
उमेश साह (फुलगामा), कयान जटही कपडा, राजिव साह, सुल्तान, रहमान, जयमंगल, जगरनाथ साह, अर्मान राई, गोले, अमोद, जयराम (जनक चौकमा चप्पल कारोवारी), विजय कर्ण, रोहन, राजेश, धर्मेन्द्र, रैजा खातनु, राजिव, मुर्तुजा, नाइक (हुण्डी र हार्डवेयर) दामोदर (सबैलामा जुवा), समतुला (खजुरीमा कपडा), सुरेश, जलान साह, नन्दु साह, जयबहादुर लगायतले कारोवार गरिरहेका छन् । उक्त कार्यमा इनर्वा थारीमा कार्यरत प्रहरी सहायक निरीक्षक बडाबाबु यादवले जिल्लामा सेटिंग मिलाएको श्रोतले दाबी गरे ।
सिरहाको सीमानाकाबाट संचालन गरेका व्यापारीहरुः
सन्दीप यादव, जैना खातुन, ललिता साह, सुनिल श्रीवास्ताव, बच्चा यादव, सरोज साह, भोला, गेनालाल, रामबाबु साह, प्रकाश अग्रवाल, महिन्द्र साह, परसुराम साह, हिरालाल, मोहन, रजक, विगु साहको घरमा जुवा, विवेश, गम्भीरा, मुन्ना मिया, युनुस, विनोद महतो र भिखर महतो सहित दर्जनौं व्यापारीले नेपाल भारतबीच तस्करी कार्य जारी राखेका छन् । उक्त कार्यमा प्रमुख घुमुवाको भुमिकामा रहेका प्रहरी सहायक निरीक्षक हुसेनीले जिल्ला, प्रदेश सम्मको सेटिंगमा कारोवारलाई निरन्तरता दिदै आएको श्रोतले दाबी गरेका छन् ।
सप्तरी जिल्लाको यथार्थ लिष्ट प्राप्त अहिले सम्म नभएको हुँदा पछि उक्त जिल्लाको विस्तृत विवरण राख्ने छौं । दुई दिन अघि मदिरा भारत तर्फ लगिरहेको अवस्थामा प्रहरीले गोली फायर गर्दा लालु यादवको मृत्यु भएपछि सप्तरी जिल्लामा अहिले निकै तनाव चलिरहेको छ ।
मधेश प्रदेश सहित भारत संग जोडिएका नेपालको हरेक सीमानाकाहरुबाट ठूलो परिमाणमा तस्करीको माध्यमबाट आउने सामानहरु संघिय राजधानी सहित ठूल ठूला सहर सम्म जाने गरेको र उक्त कार्यमा तल देखि माथि सम्मको सेटिंग रहेको श्रोतले बताए ।
यस विषयमा मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी उमा चतुर्वेदी संग बास्तविक्ता बुझन् खोज्दा सम्पर्क हुन सकेन ।
स्मरणीय छ, संघिय संसदमा रौतहट निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित साँसद किरण साहले सुख्खाको मार झेलिरहेको परिवेशमा खुलेआम भारतबाट रासायनिक मलको तस्करी गराएर चर्को मूल्यमा किसानहरु किन्न बाध्य छन् तर राहत दिने तर्फ कुनै ध्यान छैनन् । मधेशका जिल्लामा सुरक्षाकर्मीहरुको मिलोमतोमा खुल्मखुल्ला तस्करी गराइरहेको आवाज सदनमा अठाएपनि खासै फरक परेको छैनन् ।
मधेश प्रदेशका आठै जिल्लाहरुबाट भईरहेका सीमानाकाको तस्करी कार्यमा सीमा सुरक्षाको जिम्मेवारी लिएरका सशस्त्र प्रहरी, नेपाल प्रहरी र कारोवारीको साँठगाँठको कारण यतिवेला मधेश प्रदेश तस्करीको हव बन्दै गएका छन् ।