सर्लाही, २३ साउन । सर्लाहीको बाँके जंगलमा शुक्रवार साँझ यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिदा १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको सूचना अनुसार, जनकपुरबाट मलंगवाका लागि हिडेका ग. १ ख. ९४९४ नम्वरको बस आज साँझ पौने ६ बजेको समयमा पूर्व पश्चिम राजमार्गमा पर्ने इश्वरपुर नगरपालिका स्थित बाँके जंगलामा यात्रुबाहक बस आफै अनियन्त्रित भई पल्टिदा उक्त संख्यामा यात्रुहरु घाइते भएका हुन् ।
घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए । आज साँझ सर्लाहीको राजमार्ग क्षेत्रमा भएको मुसलधारे वर्षाको समयमा बस अनियन्त्रित भएर पल्टिएको पाइएको छ ।
घाइतेहरुलाई तत्कालै पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरे । बस बाटोमै पल्टिदा कुनै मानविय क्षति नभई ठूलो घटना टरेको बताइएको छ ।
बस दुर्घटनामा घाइतेहरुको ठेगाना सहितका नामावलीहरुः
१.जि.धनुषा हंशपुर न.पा.२ बस्ने अं.वर्ष २८ को उदित साहको शरीरमा भित्री चोट अवस्था सामान्य ।
२.जि.सर्लाही कबिलासी न.पा.८ बस्ने अं. वर्ष ६८ को राम पुकार मुखियाको बायाँ हात र खुट्टामा चोट अवस्था सामान्य ।
३.ऐ.ऐ. बस्ने दिनेश महतोको श्रीमती अं. वर्ष २५ की सुमित्रा देवी महतोको टाउको, छातिमा भित्री चोट अवस्था सामान्य ।
४.जि.महोत्तरी बर्दिबास न.पा.७ बस्ने धर्मदेव महतोको श्रीमती अं. वर्ष ३९ की कमला कुमारी महतोको दुबै खुट्टामा भित्री चोट अवस्था सामान्य ।
५.ऐ.ऐ. बस्ने निजकै छोरा अं. वर्ष १४ को आशिष कुमार महतोको दाहिने हातमा चोट अवस्था सामान्य ।
६.जि.धनुषा क्षिरेश्वरनाथ न.पा.५ बस्ने सुशान्त साहको श्रीमती अं. वर्ष २७ की चन्दा देवी साहको शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य ।
७. जि.सर्लाही मलंगवा न.पा.१२ बस्ने रघुनाथ महतोको श्रीमती अं. वर्ष ४५ की जतारन महतोको शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य ।
८.ऐ.ऐ. बस्ने हरी महतोको श्रीमती अं. वर्ष ६५ की सखिया महतोको शरीरमा भित्री चोट अवस्था सामान्य ।
९.जि.धनुषा सबैला न.पा.२ बस्ने अं. वर्ष ३८ को हरी शंकर साहको बायाँ हातमा चोट अवस्था सामान्य ।
१०. जि.सर्लाही लालबन्दी न.पा. ५ बस्ने अं. वर्ष २४ की रेनुका गौतमको ढाडमा चोट अवस्था सामान्य ।
११. जि.सर्लाही कबिलासी न.पा.३ बस्ने अं. वर्ष २३ की मुनिका कुमारी शर्माको ढाडमा भित्री चोट अवस्था सामान्य ।
१२. ऐ.ऐ. बस्ने अं. वर्ष २४ को धिरज कुमार ठाकुरको बायाँ हातमा चोट अवस्था सामान्य रहेको ।
१३. जि.सर्लाही हरीपुर न.पा.७ बस्ने जगदिश सिंहको श्रीमती अं. वर्ष ३० की बिर्जना सिंहको अनुहारमा चोट अवस्था सामान्य ।
१४.जि.धनुषा मिथिला न.पा.१ बस्ने श्रवण कुमार महतोको श्रीमती अं. वर्ष ३५ की मन्जु कुमारी महतोको घाटीमा चोट अवस्था सामान्य ।
१५.ऐ.ऐ. बस्ने निजकै छोरा अं. वर्ष १० को आशिष कुमार महतोको छाती, कम्मरमा चोट अवस्था सामान्य ।
१६.ऐ.ऐ. बस्ने निजकै छोरा अं. वर्ष ५ को शुसन कुमार महतोको छातिमा भित्री चोट अवस्था सामान्य रहेको ।
सर्लाही लाईफलाईन हेल्थ केयर नवलपुरमा उपचार भई रहेको घाईतेहरुः–
१७.जि.सर्लाही हरीपुर न.पा.९ बस्ने ओम प्र. चौधरीको श्रींमती अं. वर्ष ४५ की रीता चौधरीको बायाँ हात र कम्मरमा चोट अवस्था सामान्य ।
शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भई रहेको घाईतेहरुः–
१८.जि.महोत्तरी बर्दिबास न.पा.१ बस्ने सुर्य प्र. पोख्रेलको छोरी अं. वर्ष ४ की श्रीषा पोख्रेलको दाहिने साईडको कम्मरमा चोट अवस्था सामान्य रहेको
रिया पोलिक्लिनिक गोदार धनुषामा उपचार भई रहेको घाईतेः–
१९.बसको सह चालक जि.धनुषा धनुषाधाम न.पा.८ बस्ने अं. वर्ष ४० को बिजय यादवको ढाडमा चोट अवस्था सामान्य रहेको ।