“उत्तराखण्ड बाढीः २६ नेपाली अझै बेपत्ता, खोजी र उद्धारमा नेपाल सरकारको कूटनीतिक पहल”

0 Shares
भारतको उत्तराखण्डमा २०८२ साउन २० र २१ गते आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ ।
उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालको बंकुरा क्षेत्रमा यो प्राकृतिक विपद्ले सबैभन्दा बढी प्रभाव एवं क्षति पुर्याएको हो ।
खिरगंगा नदीमा आएको आकस्मिक बाढी र बादल फाट्ने (क्लाउड बस्र्ट) घटनाले धराली बजार तहसनहस भए । जसले गर्दा दर्जनौं घर, होटल र स्याउ फार्महरू नष्ट भए । यो क्षेत्र समुद्री सतहबाट करिब ३,१०० मिटर उचाइमा अवस्थित छ । चारधाम यात्रा मार्गको प्रमुख हिस्सा हो, जहाँबाट गंगोत्री धाम २० किलोमिटर मात्रै टाढा रहेको छ । सुदूरपश्चिम नेपालका धेरै मजदुरहरू यहाँ होटल, स्याउ फार्म, र सडक निर्माणको कामका लागि पुग्ने गर्दछन् ।
बेपत्ताको स्थितिः
नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार, बाढीमा परेर २६ जना नेपाली सम्पर्क विहीन अवस्थामा छन् । ती मध्ये २१ जना उत्तरकाशीको धराली क्षेत्रमा र ५ जना पौडी गढवालको बंकुरा गाउँमा बेपत्ता भएको बुझिएको छ ।
बेपत्ताहरूको सूचीमा निम्न व्यक्तिहरू नामावलीः 
उत्तरकाशी, धरालीमाः जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, र अर्का एक रवि सिंह वेपत्ता सूचीमा रहेको छ ।
पौडी गढवाल, बंकुराः नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या खड्का, छोरा रोमन खड्का, अमृता परियार (बर्दियाको मधुवन नगरपालिका–५), र सुवास दमाई (गुलरिया नगरपालिका) को बासिन्दा वेपत्ता भएको बताइएको छ ।
वेपत्ता नेपाली नागरिकहरु मुख्यतः सडक निर्माण, होटल, र स्याउ फार्ममा मजदूरी गर्दै थिए । पौडी गढवालको बंकुरामा सडक किनारमा टेन्ट गाडेर बसेका मजदुरहरूलाई बुधबारको पहिरोले टेन्टसहित बगाएको अनुमान गरिएको छ ।
उद्धार र खोजी कार्यः
नेपाली दूतावासको पहलः दिल्लीस्थित नेपाली दूतावासले स्थानीय भारतीय प्रशासन सँग समन्वय गरी बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्र बनाएको छ । दूतावासका काउन्सिलर प्रकाश मल्लले विभिन्न जिल्लाबाट प्राप्त बेपत्ता सूची उत्तरकाशी प्रशासनलाई बुझाएर खोजी प्रक्रिया अगाडि बढाइएको बताए ।
उद्धारको प्रगतिः हालसम्म धराली क्षेत्रबाट १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरू हरिद्वार, देहरादुन, र धरालीमै सञ्चालित सामुदायिक केन्द्रमा आश्रय लिइरहेका छन् । उत्तरकाशीका जिल्ला अधिकारी (डिएम) प्रशान्त आर्यले बाढीपछि पहाडी क्षेत्रमा लुकेका केही व्यक्तिहरू फोन सेवा पुनः सञ्चालन भएपछि सम्पर्कमा आएको जानकारी दिए ।
नेपाल सरकारको कूटनीतिक प्रयासः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेपत्ताहरूको खोजी र उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न दूतावासलाई निर्देशन दिएकी थिइन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि बर्दियाका बेपत्ताहरूको खोजी कार्य प्रभावकारी बनाउन संघीय सरकारसँग आग्रह गरेको थियो ।
स्थानीय प्रयासः बेपत्ताहरूका आफन्तहरू खोजीका लागि उत्तराखण्ड पुगेका थिए, तर पाँच दिनसम्मको खोजीमा कोही नभेटिएपछि धेरैजना निराश हुँदै घर फर्किए । सुवास दमाईका बुवा सोम बहादुरले “अब भेटिने आश छैन, किरिया गर्न घर फर्किंदै छौं” भनेका छन् ।
क्षतिको विवरणः
धराली बजारमा बाढीले ३० देखि ३५ मिटरसम्म कटान गरेको छ, जसले घर र होटलहरू पुरिएका छन् । बेपत्ताहरू यिनै संरचनाभित्र भएको आशंका गरिएको छ ।
बाढीमा कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ, र ५० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । भारतीय सेनाका ९ जवान पनि उत्तरकाशीको पहिरोमा बेपत्ता छन् ।
प्रभावित क्षेत्र र सामाजिक सन्दर्भः
धराली बजार, गंगोत्री धामको नजिकैको अन्तिम बजार, सुदूरपश्चिम नेपालका मजदुरहरूका लागि प्रमुख गन्तव्य हो । यहाँ जाजरकोट, बर्दिया, धादिङ, र जुम्लाका धेरै नेपाली मजदूरीका लागि पुग्छन् । बाढीले यी मजदुरहरूको परिवारमा ठूलो पीडा थपेको छ । बेपत्ताहरूको खोजीमा संलग्न आफन्तहरूले आशा गुमाउँदै किरिया गर्न घर फर्कने तयारी गरिरहेको बताइएको छ ।
हालको स्थितिः
फोन र विद्युत सेवा पुनः सञ्चालन भएपछि खोजी कार्यले गति लिएको छ । बेपत्ताहरूको संख्या घटबढ हुन सक्ने दूतावासले जनाएको छ, किनभने सम्पर्कमा आएकाहरूको विवरण अद्यावधिक गरिदैछ ।
बर्डर रोड अर्गनाइजेशन (बीआरओ) मा कार्यरत केही नेपालीहरू सम्पर्कमा आएका छन्, तर उनीहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । बाढीले पुरिएका क्षेत्रमा उत्खनन कार्य जारी छ, जसले थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।