“मधेशको धार्मिक पर्यटन विस्तारका लागि भारतसँग १० बुँदे ज्ञापन—राजनाथ सिंहले दिए सहयोगको आश्वासन”

0 Shares
नयाँ दिल्ली, ३० साउन । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकास कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन विकासका लागि भारतीय रक्षा मन्त्री राजनाथ सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार नयाँ दिल्लीस्थित मन्त्रालयमा भेटको क्रममा कांग्रेस नेता तथा पूर्व सांसद अभिषेकप्रताप शाहको उपस्थितिमा उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ठाकुरका अनुसार, मधेशका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थललाई भारतसँग जोड्ने र प्रचार–प्रसार गर्ने उद्देश्यले सहयोगको अपिल गरिएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतको सांस्कृतिक र धार्मिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्धता व्यक्त गर्दै मधेश प्रदेशको पर्यटन वर्षलाई भारतको एजेण्डामा राख्ने आश्वासन दिए । साथै, धार्मिक तथा पर्यटन आदानप्रदानका लागि चाँडै सकारात्मक पहल गर्ने बताए ।
ठाकुरले बुझाएको ज्ञापनपत्रमा जनकपुरधाम, धनुषाधाम, महागढीमाई, देवधाम, जलेश्वरनाथ, छिन्नमस्ता, कंकालनी, सहलेश फुलवारी लगायतका स्थललाई भारतको धार्मिक पर्यटन मार्गसँग जोड्न माग गरिएको छ । यसले नेपाल–भारतको सम्बन्धलाई अझ सशक्त बनाउने र मधेशलाई विश्वस्तरमा धार्मिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ ।
मधेश सरकारले पेश गरेको १० बुँदे मागमा ‘रामायण सर्किट’ मा जनकपुरधामको विशेष समावेश, जनकपुर–अयोध्या धार्मिक करिडोर सुदृढीकरण, विशेष पर्यटक बस÷रेल सेवा, पर्यटन पूर्वाधारमा भारतीय लगानी, जनकपुर–अयोध्या हवाई सेवा, बोर्डर टुरिज्ममा मधेशका स्थलको समावेश, संयुक्त प्रचार अभियान, अन्तर्राष्ट्रिय धार्मिक पर्यटन मानचित्रमा स्थान, अयोध्या र वाराणसीमा डिजिटल बोर्ड, र ‘सीता विना राम अधुरो’ अभियान मार्फत जनकपुरको प्रचार प्रसार जस्ता बुँदाहरु ज्ञापन पत्रमा समावेश रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।