हरिपूर्वा नगरपालिकामा अज्ञात समुहद्वारा गोली प्रहार गरेर रामपुकार यादवको हत्या

0 Shares
सर्लाही, ३० साउन । सर्लाहीको हरिपूर्वा नगरपालिकामा अपरिचित व्यक्तिहरुद्वारा गोली प्रहार गरेर एक जना व्यक्तिको हत्या गरेका छन् ।
हरिपूर्वा नगरपालिका–६ का महादेव यादवको ४० बर्षीय छोरा रामपुकार यादवलाई उनको घर अगाडी अपाचे मोटरसाइकलमा आएको तिन जना व्यक्तिले शुक्रवार राति ८.२० बजेको समयमा टाउकोमा गोली हानेर फरार भए । गोली लागेर लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारको लागि महोत्तरीको पर्सामा रहेका जानकी हेल्थ केयरमा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
जानकी हेल्थ केयर पर्सामा ८.४० मिनेटमा पुग्दा चिकित्सकले चेकजाँच गरेपछि मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
घटनाको जानकारी पाउना साथ सर्लाही प्रहरीका एसपी योगेन्द्रकुमार खड्का आफै घटनास्थलमा पुगेर गोली हान्ने अपराधीको खोजी कार्य जारी राख्न लगाएका छन् । हरिपूर्वा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय केशरगंज लगायत त्यस भेगका सबै प्रहरी युनिटहरुलाई परिचालन गरिएको बताइएको छ ।
श्रोतका अनुसार पुरानो रिसिइवी साध्नका लागि हरिपूर्वा नगरपालिकाकै व्यक्तिले गोली हानेर भाग्दै गर्दा बसतपुर भन्न स्थानमा मोटरसाइकल लड्दा दुई जना घाइते भएको बुझिएको छ । मोटरसाइकलको पछाडी बस्ने नेपाली नागरिकले गोली हानेको तथा बाइक लडेपछि उनी फरार भएपनि दुई जना भारतीय नागरिक घाइते हुँदा लालबन्दीमा प्रहरीको निगरानीमा उपचार भईरहेको दाबी गरिएको छ ।
राति भईसकेको हुँदा गोली हान्ने व्यक्तिको खोजी कार्यलाई जारी राखिएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय मलंगवाबाट करिव २५ किलोमिटर पूर्वमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।