सर्लाही, ३१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिकामा परिचित व्यक्तिद्वारा टार्गेट पर्सन नभेटिदा उनका बुवालाई नै गोली प्रहार गरेर अभियुक्त फरार भएका थिए ।
हरिपूर्वा नगरपालिका–६ का महादेव यादवको ४० बर्षीय छोरा रामपुकार यादवलाई उनको घर अगाडी कुरा गरिरहेको अवस्थामा शुक्रवार राति ८.२० बजेको समयमा टाउकोमा गोली प्रहार गरेर फरार भएका सोही नगरपालिकाको नागरिक रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको श्रोतबाट बुझिएका हुन् ।
बिआर पी ए जी २३५४ भारतीय नम्वरको अपाचे मोटरसाइकलमा दुई जना आएका परिचित व्यक्तिले घर अगाडी उभिरहेका रामपुकार संग तपाईको छोरा कहाँ छ, उ संग काम छ भनेपछि उनले मोवाइल झिकेर छोरा सुमितकुमार यादवलाई फोन लगाए तर छोरा घरमा नभएको बताएपछि उनलाई नै गोली हानेर उनीहरु फरार भए ।
ति समुहले रामपुकारलाई टाउकोमा गोली प्रहार गर्दा त्यही ढलेपछि उनलाई तत्कालै जानकी हेल्थ केयर पर्सा महोत्तरीमा लग्दा राति ८.४० बजेको समयमा चिकित्सकले मृत घोषित गरेका थिए । स्थानीयहरुद्वारा प्रहरीलाई खवर गरेर ति अपराधीलाई पछ्याउदै जाँदा सोही नगरपालिकाको बसतपुर भन्ने स्थानमा मोटरसाइकल खसेर चालक गम्भीर घाइते भएको तथा गोली प्रहार गर्ने व्यक्ति भाग्न सफल भए ।
यता मोटरसाइकल चलाएर अपराधी भगाउनमा मद्दत पुर्याएका हरिपूर्वा नगरपालिका–५ का धिरु भन्ने धिरेन्द्र यादव मोटरसाइकलबाट लडेर गम्भीर अवस्थामा स्थानीय र प्रहरीले उनलाई नियन्त्रणमा लिएर लालबन्दी स्थित अस्पतालमा प्रारम्भीक उपचार गरेर थप उपचारको जनकपुरमा उपचारको लागि पठाइएको तथा प्रहरीको निगरानीमा उपचार भईरहेको बुझिन आएको छ ।
तर गोली प्रहार गर्ने व्यक्ति जसको नाम सुरक्षा कारणले सार्वजनिक गर्न मिल्न नभएको हुँदा तिनको प्रहरीले व्यापक रुपमा खोजी कार्य जारी राखेका छन् । अपराध गरेर सीमापारी भारत तर्फ भागेको हुन सक्ने भएको हुँदा काउन्टर पार्टस संग समन्वय गरेर चाँडै अभियुक्तलाई नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
श्रोतका अनुसार मृतकको छोरा र अभियुक्त लागुऔषधको सेवनकर्ता रहेको आशंका गरिएको छ । लागुऔषधको विषयमा दुबै जना बीच फाँटो परेको हुँदा उनलाई मार्न आएको वेला छोरा नभेटिएपछि बुवाको नै हत्या गरियो ।
रातभरी सर्लाही प्रहरीले अपराधी खोज्न हरेक क्षेत्रमा खाजीकार्य गरे तर पूर्ण सफलता प्राप्त नभएपनि आंशिक सफलता प्राप्त भएको हुँदा अनुसन्धान कार्यमा फरक नपर्ने श्रोतबाट बुझिएको छ । मृतकको छोरा सुमित र अभियुक्त विच लागुऔषधको सम्बन्ध छ कि छैन भने गाठो फुकाउन सर्लाही प्रहरी लागिपरेको बुझिएको छ ।