गर्मी संगै सर्प दंशको प्रकोप बढदो, दैनिक उपचारको ५–१० सम्म आउने गरेको

0 Shares
रौतहट, २ भदौं । गर्मी चर्किदै जाँदा सर्प दंशको प्रकोप रौतहट सहित आसपासको जिल्लामा बढेका छन् ।
प्रादेशिक अस्पताल गौरमा सर्प दंशका विरामीहरु दैनिक ५ देखि १० जना सम्म आउने गरेका हुन् । जस मध्ये अधिकाँश नन प्वायजनस विरामीहरु आउने गरेको अस्पतालको आकस्मिक कक्षबाट बुझिएको छ ।
एक दिन विराएर १ वा २ प्वायजनस विरामीहरु आउने गरेको जसलाई पर्याप्त मात्रामा एन्टी स्नेक भेनम दिएर निको पारी घर पठाउने गरिएको प्रादेशिक अस्पताल गौरको आकस्मिक कक्षका इन्चार्ज हरेन्द्र प्रसाद गुप्ताले बताए ।
आज पनि केही विरामीहरु उपचार गराएर घर फर्किसकेको भएपनि सीमापारी भारत विहार सितामढी जिल्ला नन्दवाराका २२ बर्षीय इशान आलम विषालु सर्पको टोकाईबाट अत्यन्तै सिकिस्त भएर अस्पतालमा आएपनि तत्कालै एन्टी स्नेक भेनम सहितको सलाइनपानी सुरु गरियो । तर दुई घण्टाको उपचारमा पनि अवस्था अहिले पनि जटिल नै छ, केही समय पछि अवस्था थाहा हुने इन्चार्ज गुप्ताले भने ।
यहाँ सर्प दंशका विरामीहरुका लागि पर्याप्त मात्रामा एन्टी स्नेक भेनम रहेको हुँदा आँखा चिम्लेर धामी झाक्री कहाँ नगई समयमै अस्पतालमा आए विरामी निको हुने उनले सुझाव दिए ।
साउन महिनको १५ गते अघि सम्म दैनिक १० देखि १५ जना सर्प दंशका विरामीहरु आउने गरेका थिए तर अहिले उक्त संख्यामा ५० प्रतिशतले कमी आएको इन्चार्ज गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।