गौर हत्याकाण्डको १८ बर्ष ४ महिना २८ औं दिनमा सर्वोच्चबाट छानविनको लागि परमादेश जारी

0 Shares
प्रतिकारात्मक तस्वीर
तराई टप डेष्क
रौतहट, २ भदौं । आखिकार साढे १८ बर्ष पश्चात गौर हत्याकाण्डको छानविन गर्न सर्बोच्च अदालतले पर्मादेश जारी गरेको छ ।
तत्कालिन मधेश जनअधिकार फोरम र माओवादी समर्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चा बीच गौरको राइस मिल्समा भएका हिंसक हत्याकाण्डमा मारिएका सहिद परिवारहरु पटक पटक छानविनको माग गर्दै आएपनि राज्य उदाशिन रहदै आएका थिए ।
पिडित पक्षद्वारा गौर हत्याकाण्डको छानविन गरेर दोषिलाई कारवाही गर्न सर्वोच्च अदालतमा ०७९–डब्लु ओ–१३६२ नम्वरको मुद्दा उपर न्यायाधिशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासबाट सोमवार गौर हत्याकाण्डको छानविन कार्य अघि बढाउन परमादेश जारी गरेको हो ।
नरसंहार भएको करिव १८ बर्ष ४ महिना २८ दिनमा सर्वोच्च अदालतबाट छानविन गर्ने सम्बन्धी परमादेश जारी हुँदा राजनीतिक वृत्तमा हलचल बढेको छ ।
जाहेरी कसले र कहिले दिएका थिए ?
त्रिभुवन साहले २०६३ साल चैत २८ जिल्ला प्रहरी कार्यालयमा ६४ जना र ३० जना गरी दुई वटा जाहेरी दिए पनि २०६४ साल मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएका थिए । ।
८९ नम्वरमा दर्ता भएको जाहेरीमा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, संविधान सभा सदस्य बबन सिंह, पूर्व मेयर एवं नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, गौरका पूर्व मेयर बाबुलाल साह, नागरिक समाजका अध्यक्ष जगन्नाथ केसरी सहित ७३ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरीमा प्रतिवादीमा नाम रहेका कतिपय मानिसहरु स्वर्गीय भईसकेका छन् ।
घटना कसरी भयो ?
२०६३ साल चैत ७ गते गौर राईस मिल्सको चौरमा मधेशी जनअधिकार फोरम र माओवादी पक्षका कार्यक्रम एकै दिन एकै समयमा राखिएका थिए । दुबै राजनीतिक दललाई एकै दिन नगर्न भनिएपनि उनीहरु मानेनन् । तत्कालिन स्थानीय प्रशासनको भुमिका संदेशको घेरामा थिए । जव गौरमा २७ जनाको ज्यान जाने गरी भएको नरसंहारलाई रोक्न स्थानीय प्रशासनबाट ठोस उपाय भएन, रोक्ने प्रयास भएन जसको परिणाम स्वरुप हिंसक घटनामा परिणत भई होनहार नेपाली नागरिकलाई गुमाउनु पर्यो ।
गौर हत्याकाण्डमा को को मारिएका  थिए त ? 
रामाकान्त जयसवाल पोठियाही, नर्मध्येश्वर उपाध्याय सरमुजवा, सरस्वती उप्रेती चन्द्रनिगाहपुर, फतमा खातुन जिगडवा, रेखा परियार जुडिवेला, प्रविण अन्सारी गौर, दिपक पाण्डे जुडिवेला, रामशरण यादव भैसही, उषा थापा क्षेत्री वागदेव निजगढ, रामकाजी कार्की निजगढ, धर्मेन्द्र साह टेढाकटी बारा, हस्तबहादुर श्रेष्ठ सिमरा वारा, छते वाइवा पदमपोखरी मकवानपु, उर्मिला लापचन बसामाढी मकवानपुर, गोविन्द अधिकारी हेटौडा, राजन पोखरेल हेटौडा, नारायण दाहाल पदमपोखरी मकवानपुर, रोहन पाख्रीन रातोमाटे मकवानपुर, मुनाल विक छतिवन मकवानपुर, उज्जवल दाहाल पदमपोखरी मकवानपुर, कुमार तोलांगे सितलपाटी सिन्धुली, जितेन्द्र थापा मगर हापुर दांग, विविन्द्र मगराती गोरखा, रत्न बोगटी बाजुरा, पूर्ण श्रेष्ठ निर्मलवस्ती पर्सा र दुई जना गरी २७ जनाको हत्या गरिएको थियो ।
सहिद परिवार के भन्छन् ?
गौर हत्याकाण्ड सहिद पिडित संघर्ष समितिका संयोजक रुप सागर उपाध्यायले सर्वोच्चबाट आएको परमादेश स्वागत योग्य रहेको बताउदै हामीहरुको माग पनि छानविन गरेर दोषिलाई कानुन सम्मत कारवाही गर, मृतकलाई सहिद घोषणा गर, सहिद परिवारलाई क्षतिपुर्ती दिनुपर्ने रहेको बताइन् । अब बल्ल न्याय पाउने आश जागेको उनले भनिन ।
संविधान सभा सदस्य बबन सिंहको प्रतिक्रियाः
गौर हत्याकाण्डमा नाम रहेका प्रतिबादी संविधान सभा सदस्य बबन सिंहले विदेशी शक्तिको आडमा सर्वोच्च अदालतबाट आएको परमादेशका विरुद्ध हामी संघर्षमा उत्रिने चेतावनी दिदै जनयुद्धको नाममा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १७ हजार नेपाली नागरिकलाई हत्या गर्दा कुनै कारवाही नहुने तर गौरमा भएको घटनामा मधेशी जनतालाई जाक्ने जुन प्रवृत्ति देशमा बढ्ेको बताए । विदेशी र दरवारिया शक्ति संग साँठगाँठ गरेर न्यायाधिशले गरेको परमादेश विरुद्ध ठूलो मधेशमा जनविद्रोह हुने निश्चित रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।