हरिपूर्वा गोलीकाण्ड अपडेटः सर्लाही प्रहरीद्वारा पक्राउ परेका धिरेन्द्र राय विरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा

0 Shares
सर्लाही, ३ भदौं । सर्लाहीको हरिपूर्वा नगरपालिका गएको शुक्रवार (साउन ३०) राति ८.२० बजेको समयमा गोली प्रहार गरेर भागेका मध्ये मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका अभियुक्त विरुद्ध कत्र्तव्य ज्यान कसुरमा प्रहरीले कारवाही सुरु गरेका छन् ।
हरिपूर्वा नगरपालिका–६ का ४० बर्षीय रामपुकार यादवलाई विआर ३० एजी २३५४ नम्वरको मोटरसाइकल चढेर आएका दुई जना व्यक्ति मध्ये पछाडी बसेका व्यक्तिले टाउकोमा गोली प्रहार गरेर रफुचक्कर भएका थिए । अभियुक्त भाग्ने क्रममा सोही नगरपालिका वडा नम्वर ७ बाँके–संग्राम्पुर सडकखण्डको बसतपुर भन्ने गाउँमा खसेर चालक घाइते भएका थिए ।
मोटरसाइक लडेरपछि हरिपूर्वा नपा–५ का २६ बर्षिय धर्मेन्द्र राय भन्ने धिरेन्द्र राय गम्भीर घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर लालबन्दी स्थित मोडेल अस्प्तालमा उपचार गरेर थप उपचारको लागि सोही राति प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराई साउन ३१ गते डिष्चार्ज गराएर प्रहरी हिरासतमा राखिएको जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले दए ।
डिएसपी राईका अनुसार धिरेन्द्र सहित दुई जना मोटरसाइकलमा रामपुकारको घर आएर निजको छोरा सुमित राय यादव संग झै झगडा एवं रिसिईवी रहेको भएपनि सुमित नभेटिदा पेस्तोल निकाली उनको बुवालाई नै पछाडी बसेका व्यक्तिले टाउकोमा गोली प्रहार गरेको थियो ।
गोली लागेर गम्भीर घाइते भएका रामपुकार यादवलाई महोत्तरी सम्सी गाउँपालिका स्थित जानकी हेल्थ केयर अस्पतालमा पठाइदा सोही दिन ९ बजेको समयमा मृत्यु भएपछि भोली पल्ट प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात शतगतका लागि शवलाई उनको आफन्तलाई जिम्मा लगाइएको उनले भने ।
यता पक्राउ परेका धिरेन्द्र यादव संग प्रहरीले सोधपुछका आधारमा मलंगवा नपा–९ स्थित सुशिल साहको घरमा डेरा लिएको बसेका डेराको खानतलासी गर्दा नलकटुवा पेस्तोल १ थान र फायर भईसकेका गोलदीको १ थान खोका बरामद भएको बताउदै डिएसपी राईले सर्लाही जिल्ला अदालतबाट धिरेन्द्रलाई कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान कार्य भईरहेको बताए । साथै घटना स्थलमा प्रयोग भएका गोलीको खोका बरामद भईसकेको समेत उनले दाबी गरे ।
साथै निज प्रतिवादी धिरेन्द्रले २०८१ साल असोज १० गते राति १२.४५ बजेको समयमा घरमा आफ्नै श्रीमती चित्रलेखा कुमारी यादव र आफ्नै बुवा राम दिनेश राय माथि गोली प्रहार गर्दा श्रीमती चित्रलेखाको निधारमा गोली लागि घटनास्थलमा नै मृत्यु भएको थियो भने बुबा राम दिनेश रायको बाँया हातमा गोली लागि घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल सर्लाहीमा पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको थियो ।
उक्त घटना पश्चात प्रतिवादी धिरेन्द्र फरार रहदै आएकोमा उनी विरुद्ध  निजको बुवा राम दिनेश रायले मिति असोज १४ गते कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दिएका थिए सो विषयमा समेत प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।