डिलर पाण्डेको कार्यशैलीबाट गंगापिपराका किसानहरु त्रसित, अनुदानको रासायनिक मलखाद्यको सुविधाबाट बञ्चित

0 Shares
रौतहट, ९ भदौं । दुर्गा भगवती गाउँपालिका–१ का किसानहरु अनुदानमा आएका रासायनिक मलखाद्य पाउनबाट बञ्चित रहनु परेका छन् ।
वडा नम्वर १ गंगापिपरा गाउँका किसानहरुलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यबाट स्थानीय रामप्रमोद पाण्डेलाई रासायनिक मलखाद्य विक्री गर्न इजाजत दिएका हुन् । डिलरसीप लिएका पाण्डेले लक्ष्ति वर्गलाई मलखाद्य नदिई उनलाई मनपरेका व्यक्तिहरुलाई बढि रकम लिएर दिने गरेको गंगापिपराका बासिन्दा एवं समाजसेवी छोटन सिंहले गम्भीर आरोप लगाए ।
त्यती मात्रै नभई केही किसानलाई कुट्ने धम्की समेत दिएकोमा गम्भीर आपत्ती जनाउदै समाजसेवी सिंहले किसानको नाममा आएका सुविधाको मलखाद्यलाई डिलरले मनोमानी ढंगबाट वितरण गर्दा किसानहरु मर्कामा परेका उनले गुनासो गरे ।
आज विहानै ललिता देवीको लागि उनको देवर राजेश गिरी नागरिकता लिएर जाँदा तिमी अर्को वडाको बासिन्दा हो भन्दै खाद्य दिएन । गिरीले नागरिकता देखाउदै वडा नम्वर १ का बासिन्दा रहेको भन्दै खाद्य दिनुस कर गर्दा डिलर पाण्डे रड देखाउदै यसबाट कुट्छु भन्दै निकै गालीग्लौज गरेको पिडित गिरीले तराई टप संग भने ।
अहिले किसानहरुलाई आ आफना बालीनालीमा रासायनीक मल छर्किन निकै आवश्यकता रहेपनि डिलर पाण्डे ब्लैकमा अन्य वडाका किसानहरुलाई खाद्य दिने गरेको आरोप गिरीले लगाए ।
त्यती मात्रै नभई पिपराबजारमा पसल रहेका पाण्डेलाई डिलरसीप दिइएपनि उनी भलोहिया स्थित आफनो घरबाट वितरण गर्दा पिपराका किसानहरुलाई पिडित बन्नु परेको गुनासो पोख्दै छाटन सिंहले अविलम्ब किसान विरोधी पाण्डेको डिलरसीप रद्द गरी नयाँ डिलरसीप दिन सम्बध निकायको ध्यान जाओस नत्र किसानहरु डिलर र पालिकाको विरुद्धमा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।