अभद्र, अशोभनिय, अमर्यादित अभिव्यक्ति दिएका साँसद झालाई यमुनामाई गापा प्रवेश गर्न नदिने ः गापा अध्यक्ष मुखियाको चेतावनी

1002 Shares

रौतहट, २१ कार्तिक । रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद अनिलकुमार झाले केही दिन अघि दिएको अभिव्यक्तिको घोर भर्सना गर्दै यदी हिम्मत छ भने गाउँमा आएर देखाउन यमुनामाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाले चेतावनी दिएका छन् ।
यमुनामाई गाउँपालिकाको कार्यालय सरुअठामा शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त चेतावनी दिदै गापा अध्यक्ष मुखियाले दशैको शुभकामना मन्तव्य दिने क्रममा साँसद झाद्धारा स्थानीय तहको रकम मेयरको वाउको होइन, विदेशमा कमाउन गएका व्यक्तिहरुको श्रीमतीहरु अरुसंग अनैतिक सम्बन्ध राखेको जस्ता अमर्यादित, अशोभनिय अभिव्यक्ति दिएकोमा कडा रुपमा उनले आलोचना गरेका हुन् ।
मुलुकमा अहिले तिन तहको सरकार छ, सबैको आ आफना तजविजमा काम भईरहेको छ, सबै जनताकै लागि विकासमा जुटेको भएपनि राज्यबाट आउने रकम साँसदको घरबाट पुख्र्यौली सम्पत्ती आएको जस्तै साँसद झाले यमुनामाई गापाको वडा नम्वर ४ मा शुभकामना आदानप्रदान कार्यक्रममा दिएको गैर लोकतान्त्रिक, संकुचित मानसिकताबाट ग्रसित भएका अभिव्यक्तिको जति निन्दा गरे त्यती कम रहेको हुँदा यमुनामाई गाउँपालिका प्रवेश गर्न नदिने पत्रकार सम्मेलन मार्फत चेतावनी दिए ।
दलित जातिबाट गाउँपालिकाको प्रमुख पदमा आएको हुँदा मलाई लक्ष्ति गरेर उक्त अभिव्यक्ति दिएको प्रति आक्रोशित बन्दै गापा अध्यक्ष मुखियाले साँसद झा माफी नमागे सम्म उनलाई पालिका भित्र प्रवेश गर्न नदिने अडान दोहर्याए । विधिको शासन व्यवस्थामा साँसद भएर महिला र स्थानीय तहको प्रमुखहरु माथि दिएको अभिव्यक्ति दिनु कतिको सान्दर्भिक रहेको त्यसको निराकरण जनताले पछि गर्ने छ तर ठाडो रुपमा यसपालिकाबाट सार्वजनिक रुपमा अशोभनिय कार्यको मात्रै हामी विरोधी रहेको स्पष्ट पारे ।
नेपाल सरकारको निति निर्देशन अनुरुप वित्तिय समानिकरण, समपुरक, विशेष बजेट साँसदले पठाउछ कि राज्यले पठाउछ यो सोचनिय विषय हो, साँसद भएर जाँबो एउटा डाइभर्सन बनाउन नसक्ने तर जयनगरमा संसदीय कोषको रकम दुरुपयोग गरी जयनगरमा मेडिकल कलेजको नाममा माछा पोखरी संचालनमा ल्याएको छ अब हामी त्यसको हरहिसाव साँसद संग खोज्नुपर्ने अवस्था आएको समेत यमुनामाई गापा अध्यक्ष मुखियाले पत्रकार सम्मेलन मार्फत रौतहटबासीको ध्यानाकर्षण गराए ।
फोटो क्याप्सन ः रौतहट क्षेत्र नम्वर १ का साँसद अनिलकुमार झाले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरुद्ध यमुनामाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाद्धारा पत्रकार सम्मेलन गरी माफी नमागे सम्म गापा प्रवेशमा रोक ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।