“जेन–जी को आवरणमा घुसपैठियाहरुको पहिचान गरेर कानुनी दायरमा ल्याउ”

0 Shares
रौतहट, २८ भदौं । जेन–जी को आवरणमा छदमभेषी घुसपैठियाहरुद्वारा सरकारी र निजी सम्पत्तीमा व्यापक क्षति पुर्याएर लुटपाट गर्नेहरुको पहिचान गरी कानुनी दायरामा ल्याएमा मात्रै शान्ति सुव्यवस्था स्थापित हुने छ ।
गत सोमवार संघिय राजधानीमा जेन–जी पुस्ताले भ्रष्टाचार, महगी, बेरोजगारी सहित सामाजिक संजाल माथि प्रतिबन्धको कारण सरकार विरुद्ध सडकमा उत्रिदा ठूलो मानविय क्षति भएका थिए ।
त्यसको भोली पल्ट अर्थात मंगलवार देशभरी अराजक तत्वहरु सरकारी कार्यालय, एतिहासिक धरोहर, व्यक्तिको सम्पत्ती, सरकारी सावारी साधन लगायतका सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीको आवासलाई समेत निशाना बनाउदा रौतहटमा ठूलो भौतिक सम्पत्तीको क्षति भयो ।
चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, प्रादेशिक कोष लेखा कार्यालय, मेयर संजय काफलेको घर सहित आधा दर्जन भन्दा सरकारी कार्यालय, व्यक्तिको सम्पती तोडफोड गरी लुटपाट गर्दै आगजनी गराए । गरुडा नगरपालिकामा तोडफोड गरी आगजनी गराउनुका साथै सवारी साधनहरुमा आगो लगाए त्यती मात्रै नभई मेयर कन्ठमुणी प्रसाद जयसवालको घर र पसलमा लुटपाटको वितण्डा समेत मचाए ।
गरुडा स्थित मालपोत, नापी, जिल्ला प्रशासनमा भएको क्षति कसको भयो ? यतिखेर गम्भीर प्रश्न उब्जीएका छन् । गरुडामा भएका उक्त आन्दोलनमा बाहिरको मानिस गएको त छैन्, उक्त कार्यालय जलेर नष्ट हुँदा आम जनताको अभिलेख एवं सम्पत्ती क्षति भयो, त्यसको लेखाजोखा कसले गर्ला ?
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई आगो लगाई क्षति पुर्याएपछि हिजो देखि स्थानीय युवकहरु मर्मत कार्यमा लागेको छ । स्थानीयहरु स्वेच्छा अनुसार चन्दा संकलन गरेर इप्रका को मर्मत गरी प्रहरीलाई बस्ने योग्य बनाउने कार्यमा विहानै देखि युवाहरु जुटेर खटिरहेका छन् ।
मौलापुर नगरपालिकामा ठूलो क्षति पुर्याइयो । मौलापुर नगरपालिका भएको क्षति कसको भयो ? त्यहाँ बाहिरको व्यक्ति पक्कै गएको छैन होला स्थानीयहरुको संलग्नता रहेको होला ।
फतुवा विजयपुर नगरपालिकामा क्षति पुर्याउदै कार्यवाहक मेयर अम्बया खातुनको घरमा तोडफोड गरेर क्षति पुर्याएका छन् । गौर नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै सभाकक्षमा आगो लगाएपछि ठूलो क्षति भएको बताइएको छ । रौतहटमा करिव ६ वटा स्थानीय तहमा जेन जी को आडमा उपद्रवी तथा पुरानो रिसिइवी साध्ने कार्य हुँदा सरकारी सम्पत्तीलाई क्षति पुर्याइयो ।
अर्को तर्फ इप्रका शिवनगर, विर्ता र हर्षा प्रहरी चौकीलाई समेत निशाना बनाउदै आगजनी सवारी साधनको क्षतिको कारण उक्त युनिटका प्रहरीलाई इलाका प्रहरी कार्यालय गरुडामा राख्नु पर्यो । उता कटहरिया नगरपालिकाको छेदी चोकमा रहेका प्रहरी चौकीलाई इप्रका कटहरियामा राख्नु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
हामी अत्याधिक जोखिममा सहेर पनि जनताको लागि अहोरात्र खटिरहेका छौं, गौर कारागारबाट भागेका कैदीलाई समात्न विभिन्न स्थानहरुमा प्रहरी परिचालन गरिएको समेत बताए । अहिलेको विशम परिस्थितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मिलेर जिल्लामा शान्ति सु व्यवस्था कायम गराउने कार्यमा अनवरत रुपमा लागि परेको बताए ।
स्मरणीय रहोस, जेन जी पुस्ताको आवरणमा छदमभेषी एवं घुसपैठियाहरुको पहिचान गरेर कानुनी दायरमा ल्याएर कसुर अनुसारको दण्डित गरिने समेत बुझिएको छ ।
यहाँ सम्मकी सामाजिक संजालमा जनताहरुलाई दिग्भ्रमित बनाउने, अत्तिने खालका सन्देशहरु राखेर सर्वसाधारणलाई त्रसित बनाउनेहरु पनि सचेत बन्नुपर्ने सचेत गराउनु पर्ने छ । जेन जी पुस्ताको आडमा आतंक मचाउनेहरुलाई स्थानीय प्रशासनले अविलम्ब पहिचान गरेर कारवाही प्रक्रिया अघि बढाएमा मात्रै शान्ति सुव्यवस्था स्थापित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।