पर्सा जिल्लामा तस्करीको ‘लाइन’ मिलाउने प्रमुख पात्र प्रहरी नायव निरीक्षक पंडितको अडियो खुलासा

0 Shares
तराई टप डेष्क
रौतहट, ३ असोज । पर्सा जिल्लामा तस्करीको ‘लाइन’ मिलाउने कार्यमा प्रहरी नायव निरीक्षक लोकेन्द्र पंडितको प्रमुख भूमिका रहने गरेको तथ्य बाहिरिएको छ ।
तराई टप अनलाईन लाई प्राप्त भएको अडियोमा प्रनानी पंडित संग एक कारोबारीको भएको संवादबाट पर्सा जिल्लामा राजस्व छलेर तस्करीको माध्यमबाट भित्रयाउने कार्यका लागि पंडित प्रमुख पात्र भएको बुझिएको हो ।
ततकालिन पर्साका प्रहरी उपरिक्षक कुमुद ढुंगेल सरुवा भएर आउदा उनले आफनो विश्वास पात्रको रुपमा पंडितलाई लिएर आएका थिए । ढुंगेल पछि गौतम मिश्रको सरुवा भईसक्यो तर पंडित जाने प्रमुखको विश्वास पात्र थिए अव आउनेको पनि विश्वास पात्र रहने श्रोतबाट बुझिएका छन् ।
मुलुकको आर्थिक नगरीको रुपमा परिचित रहेका पर्साको वीरगञ्जमा पंडितको साम्राज्यलाई सघाउनमा उनकै विभागीय प्रमुखको आशिर्वाद रहेको बताइएको छ । प्रनानी पंडितले अबैध कारोवारी संग गरिरहेको सेटिंगबाट प्रहरी आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।
स्थानीय स्रोतका अनुसार, पंडित लामो समयदेखि पर्सा जिल्लामा तस्करीको ‘लाइन’ मिलाउने प्रमुख व्यक्ति हुन् । उनले जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय हुँदै केन्द्रीय तहसम्म समन्वय गरेर तस्करीलाई सहज बनाउने गरेको आरोप छ  ।
प्राप्त भएको अडियो संवादमा प्रनानी पंडितलाई फोन गरेर “सर एक चोटी भन्दिनु न, के भन्दीनु तपाईलाई थाहै छ, होली लास्टै लास्ट आईसक्यो हामी मर्ने भयौं, सब जनाले काम गरिरहेको छ, पख्नुन म, त्यहाँ बरिष्ठ सई साहव आयो, म त्याँहा गएको छैन, फोनमा के कुरा गरेको लाटो” यसबाट पर्सा जिल्लामा तस्करीको लाइन दिने प्रमुख पात्रको रुपमा लोकेन्द्र पंडितको रुपमा रहेको सजिलै बुझिन सकिन्छ ।
प्रनानी पंडितको साम्राज्यलाई प्रहरी हवलदार विवेक सिंह (विर्ता), प्रह अनुरुद्ध सिंह (सुगौली पटेर्वा), प्रह अर्जुन साह कानु (श्रीपुर) सहितका प्रहरीले उनका साम्राज्यलाई सघाउदै आएको श्रोतले बतायो ।
दुई जना एसपीको कार्यकाल विताईसकेका प्रनानी पंडित आर्थिक चलखेलमा लागेर राज्यलाई आर्थिक हानी नोक्सानी पुर्याउदै आईरहेको हुँदा पनि अहिले परिवर्तित राजनीतिक घटनाक्रमलाई मध्यनजर राख्दै छानविनको दायरमा ल्याउनु पर्ने देखिन्छ । यस विषयमा सम्बध निकायमा सम्पर्क गर्दा कुरा हुन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।