रौतहट, ३ असोज । नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पतालद्वारा राजदेवी नगरपालिकाको ब्रम्हपुरी गाउँमा शुक्रवार निशुल्क आँखा शिविरको आयोजिना गरियो ।
राजदेवी नगरपालिका–९ ब्रम्हपुर गाउँमा अवस्थित माध्यमिक विद्यालयको परिसरमा सेवा फाउन्डेसनको विशेष सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्वारा आयोजित निशुल्क आँखा शिविरमा २५३ जना महिला एवं पुरुषले आँखाको परिक्षण गराएका हुन् ।
गौर आँखा अस्पताल पुरेनवाका प्रशासक नागेश्वर प्रसाद चौधरीका अनुसार १३० जना महिला र १२३ जना पुरुषहरु आ आफना आँखाको परिक्षण गराए । जस मध्ये ११४ जनालाई चश्मा, १०३ जनालार्य औषधी र ६२ जनाको आँखामा मोतिया विन्दु लागेको हुँदा उनीहरुलाई शैल्यक्रिया गरिने बताए । ६२ जनालाई लेन्स सहितको निशुल्क शैल्यक्रिया गरिने बताउदै उक्त शैल्यक्रिया आउदो आईतवार र सोमवार गौर आँखा अस्पतालमा गरिने जानकारी दिए ।
शिविर चलिरहदा गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंह, नेपाल नेत्रज्योति संघ रौतहटका सचिव बच्चा प्रसाद यादव र अस्पताल प्रशासक चौधरीले सुपरभिजनकै क्रममा ३ जना बिरामीको दुवै आँखामा मोतिबिन्दु भएर दृष्टि गुमाएको अवस्थामा फेला परेको बताइएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिंहले यस्ता शिविरलाई अझ बढि प्रभावकारी बनाउन प्रत्येक पालिकामा जनचेतना अभिवृद्धिमा विशेष जोड दिने र स्थानीय सरकार, समाजसेवी तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
शिविरलाई स्थानीय स्तरमा सहयोग पुर्याउने युवा समाजसेवी नविन कुमार सिंहको विशेष योग्यदान रहेको चर्चा गर्दै शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले वडा कार्यालय–९, ब्रम्हपुरी माध्यमिक विद्यालय तथा सशस्त्र प्रहरी बल लक्ष्मीपुर, बेलबिछवाको उल्लेखनीय सहयोग रहेको बताए ।
शिविरमा नेत्र अधिकृत बिनिता केसरीको नेतृत्वमा अर्चना सिंह, अमित दास, गोमा न्यौपाने, जितेन्द्र साह, जितेन्द्र प्रसाद यादव, गौरी राउत सहित ९ जनाको टोलीले सेवा प्रदान गरेको संयोजक पाण्डेले जानकारी दिए ।
निशुल्क शिविरका केही रोचक तस्वीर