१५० जना विद्यार्थीलाई युवा मानसिक स्वास्थ्य तालिम

0 Shares
सञ्जय मिश्रा
कटहरिया (रौतहट), ३ असोज । रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएका छन् ।
देशभर भएको जेन–जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यहाँका विद्यार्थीहरुलाई युवा मानसिक तालिम दिइएका हुन् ।
नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका ४ नम्वर वडा अध्यक्ष चन्दन कुशवाहाको विशेष पहलमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थी युवाहरुलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको तालिम संयोजकले बताए ।
जेन जी आन्दोलनले देशभरका युवा–युवतीमा गहिरो प्रभाव पारेको छ । आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ । यस्तो अवस्थामा स्थानीय तहबाटै मानसिक स्वास्थ्य प्रति सचेतना फैलाउन गरिएको प्रयासलाई सहभागी विद्यार्थीहरूले स्वागत गरे ।
युवावस्थामै मानसिक स्वास्थ्यको महत्व बुझाइएन भने दीर्घकालीन असर परेर समाजमा नकारात्मक प्रभाप पर्न सकिन्छ । यस प्रकारको तालिमको प्रभावबाट विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, एक आपसमा सकारात्मक सहकार्य गर्ने, तथा संकट व्यवस्थापन गर्ने लगायतका सीप प्राप्त गरेको आयोजक संस्थाले जनाए ।
कटहरियामा सम्पन्न भएको यो कार्यक्रम केवल एक दिने तालिम मात्र नभई आन्दोलन पश्चात सामाजिक उपचारका रूपमा पनि लिइएको छ । यसले युवा पुस्तामा मानसिक स्वास्थ्यप्रति जागरण ल्याउनुका साथै भविष्यमा जिम्मेवार नेतृत्व विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।