रौतहट, ४ असोज । कर्तव्य ज्यान कसुर मुद्दामा अनुसन्धान नै नगरी राजनीतिक चलखेलमा परेर इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीले तीन जना निर्दोष व्यक्तिलाई फसाएको गम्भीर आरोप पिडित परिवारले लगाएको छ ।
रौतहटको कटहरिया नगरपालिका–५ ५२ बर्षीय रामचन्द्र दास सरभंग र निजको श्रीमती पुकारी देवी सरभंग शनिवार रौतहट सदरमुकाम गौरमा संचारकर्मीलाई गुहार्दै गरुडा प्रहरीले अनाहकमा मेरा तिनै निर्दोष छोरालाई फसाएको र एक जनालाई २५ दिन देखि नियन्त्रणमा लिएर म माथि साह्रै अन्याय गरेको हो ।
पाँच जना छोरा मध्ये गर्भु दास सरभंग, प्रभु दास सरभंग र शम्भु दास सरभंग माथि कर्तव्य ज्यान मुद्दा लगाउनु अघि गर्भु दासलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको उनले बताए ।
घटनाक्रम के हो ?
गत साउन १ गते कटहरिया नगरपालिका–४ का संजय यादव र विजय यादवले स्थानीय नसिव बैठामाथि मोवाइल चोरीको आरोपमा दुबै जनालाई आपको बगैचामा लगेर टाउको तल पारेर निर्घात कुटपिट गर्दा स्थानीय दिपलाल यादवले मोवाईल चोर्न भनेपछि आफूले चोरेको बताए । त्यस पछि दिपलालले पनि बैठालाई गाली गर्दा कुटाईको डरबाट भनेको भन्दै माफी मागेपछि गर्भु दास सरभंगको नाम लिए ।
गर्भु पनि गएर बैठालाई गाली गर्दा संजय विजय दाजुभाईको निर्घात कुटाईको कारण मैले तिम्रो नाम भनेको थिए । भोली पल्ट अर्थात साउन २ गते इलाका प्रहरी कार्यालय कटहरियामा छलफल पंचायती हुँदा चोरीको कुनैपनि आरोप बैठामाथि सिद्ध नहुँदा उनीहरुलाई प्रहरीले छाडेको थियो । चोरी भएको मोवाइल संजयविजयकै घरमा फेला परे ।
यसैबिचमा बैठाको वुवा कालगतिबाट मृत्यु भयो । १२ दिन क्रिया बस्दा बैठाको अवस्था खराव हुन थाल्यो । बैठा विहानै देखि रक्सी सहित विभिन्न लागुपदार्थ सेवन गर्दथे तर बुवाको मृत्यु पछि क्रिया बस्दा कुलत बन्द भएपछि शारिरीक अवस्था दैनिय हुँदै जाँदा कटहरिया स्वास्थ्य चौकी, गौर हुँदै वीरगञ्जमा उपचार हुदै गर्दा वैठाको गएको भदौं ११ गते मृत्यु भए ।
बैंठाको अवस्था अत्यन्तै दैनिय भएकै अवस्थामा स्थानीय दिपलाल यादवलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेपनि आर्थिक र राजनीतिक चलखेलको आधारमा यादवलाई रिहा गरी गर्भुलाई प्रहरीले भदौं १० गते नियन्त्रणमा लिए । नियन्त्रणमा लिएको भोली पल्टै बैठाको मृत्यु भएपछि सबै दोषारोपण गर्भु माथि नै प्रहरीले थुपारेको उसको आमा पुकारी देवी सरभंगले भनिन ।
कटहरिया नगरपालिकाको वडा नम्वर ५ बाट निर्वाचित सदस्य समेत रहेकी पुकारी भन्छिन्ः आर्थिक चलखेलको कुटपिट गर्ने व्यक्तिको नाम छाडेर मेरो तिन जना छोराको नाममा किटानी जाहेरी दिन लगाएको हुँदा प्रहरीले हामी माथि साह्र अन्याय गर्यो, इप्रका गरुडाका डिएसपी राजन कार्की हाम्रो कुरा नसुनी अनुसन्धान विना नै दलित परिवारलाई उठिवास गराउने नियतबाट मुद्दा दर्ता गरेको हुँदा संचारकर्मीहरुले नै आफूलाई न्याय दिलाई दिन दुबै हात जोडेर विन्ती गरिन् ।
ति पत्रकार सम्मेलनमा स्थानीय शंकर साह, राजकुमार यादव, छोटेलाल साह सहितका व्यक्तिहरुले यिनीहरु माथि गरुडा प्रहरीले निकै ज्यादती गरेको हुँदा तपाईहरु सत्य तथ्य समाचार प्रकाशन गराई महादलितहरुलाई न्याय दिलाइदिनु पर्ने अनुरोध गरे ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले मोवाईल चोरीको घटनामा कुटपिट भएको केही समय पछि नसिव बैठाको मृत्यु भएको बताए । उसको आमाले भदौं १५ गते तिन जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको स्वीकार गर्दै मुद्दा चलिसकेको छ, दोषि वा निर्दोष भए अदालतबाट साधारण तारेखमा छुट्ने बताए ।
विना अनुसन्धानको कर्तव्य ज्यान मुद्दा जस्तो जारी किन दर्ता गर्नु भो भने प्रश्नको जवाफमा अनुसन्धान भईरहेको हुँदा यदी निर्दोष भए अब अदालतबाट छुटिहाल्ने जवाफ दिए ।