१४ स्थानीय तहका हजारौं कर्मचारीहरु तलव पाउनबाट बञ्चित

0 Shares
रौतहट, ७ असोज । रौतहटको १४ स्थानीय तहमा कार्यरत हजारौं कर्मचारीहरु दशैंको मुखमा तलव पाउनबाट वञ्चित रहनु परेका छन् ।
चाँडपर्वको समयमा १५ दिन अगावै तलव र दशैं खर्च दिनुपर्ने प्रावधान भएपनि यहाँको १४ स्थानीय तहमा रहेका करिव दश हजार कर्मचारी तलव पाउनबाट बञ्चित भएका हुन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७२ जना उपसचिवको सरुवा गरेका थिए । सोही क्रममा रौतहटको १४ स्थानीय तहमा उपसचिवको पदस्थापन गरिएको थियो । वृन्दावन, गौर, गढिमाई, माधवनारायण, राजदेवी, राजपुर, मौलापुर, बौधीमाई, देवाही गोनाही, इशनाथ, फतुवा विजयपुर, चन्द्रपुर, गरुडा, कटहरिया नगरपालिकामा उपसचिवको सरुवा भएपनि चन्द्रपुर, कटहरिया र गरुडामा मात्रै हाजिर भए ।
चन्द्रपुर, कटहरिया, गरुडामा उपसचिव र दुर्गा भगवतीमा अधिकृत हुँदा चार पालिकाको खाता नियमित रुपमा संचालन भएर उक्त स्थानीय तहका कर्मचारीहरु तलव र पर्वको सुविधाहरु पाइसकेको भएपनि वृन्दावन, गौर, गढिमाई, माधवनारायण, राजदेवी, राजपुर, मौलापुर, बौधीमाई, देवाही गोनाही, इशनाथ, फतुवा विजयपुर, गुजरा, परोहा नगरपालिका र यमुनामाई गाउँपालिका गरी १७ स्थानीय तहमा कार्यरत करिव १० हजार कर्मचारी तलव पाउन नसक्दा उनीहरुको लागि दशैं पर्व खल्लो भएका छन् ।
गढिमाई नगरपालिकाको संग्राम्पुर स्थित माध्यमिक विद्यालयमा डढेलधुरा घर भएका प्रावि शिक्षक मीनबहादुर देउवा र उनको श्रीमती शिक्षिकाको रुपमा कार्यरत रहेको छ । असोज ५ गते देखि सरकारी विद्यालय बन्द भएर घर जान झोला ठिक पारेर राखेपनि तलब र दशैं खर्च पाउन कुनै आशा नरहदा साह्रै विजोग भएको गुनासो गरे ।
“यहाँबाट तिन दिन घर जान लाग्छ, घर जाँन भाडा पनि छैन, घरमा दशैं मनाउन दिनभरीमा घरीघरी फोन आइरहेको छ, तलव नपाएमा कसरी जाने शिक्षक देउवाले दुखेसो पोखे” ।
गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादव पनि कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा पुगेर निकासा छोड्न अनुरोध गरे । यहाँबाट खाता रोक्का नभई माथिल्लो निकायबाट नै खाता संचालनमा रोक लगाएको उनले बताए ।
सरुवा भएका ११ वटा उपसचिवहरु हाजिर नहुँदा समस्या उत्पन्न भएको जानकारी दिदै प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमले पर्वको समयमा निमित्तबाट खाता संचालन गर्न खोजिदा विभिन्न बाधा व्यवधान उत्पन्नको कारण यस्तो समस्या आएको जानकारी दिए । आफूलाई सुदुरपश्चिम घर भएका यहाँ कार्यरत कर्मचारीहरु दिनदिनै फोन गरेर तलवको लागि कुरा गरिरहेको बताए । मैलेपनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको बताउदै भोली सम्म समस्या समाधान हुन्छ की जस्तो उनले जवाफ दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।